लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान स्याङ्जामा विभिन्न कार्यक्रमसहित सुरु गरिएको छ । कार्यक्रममा लैङ्गिक हिंसा विरुद्ध ऐक्यबद्धता जनाउँदै हस्ताक्षर अभियानको पनि थालनी गरिएको छ ।
यस वर्षको अभियानलाई थप प्रभावकारी बनाउन सचेतनादेखि सांस्कृतिक कार्यक्रमसमेत गरी १६ वटा गतिविधि संचालन गर्ने योजना बनाइएको एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताए ।
मंगलबार सुरु भएको अभियानमा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले लैङ्गिक हिंसा अन्त्यका लागि “सबै तह–क्षेत्रको एउटै आवाज र साझा प्रयास” जरुरी रहेको बताए । समाजमा कानुनी जानकारी र सचेतना बढे मात्र हिंसामा कमी आउन सक्ने उनको भनाइ थियो ।
कार्यक्रमबारे जानकारी दिंदै कार्यालय प्रमुख पौडेलले अनलाइन माध्यमको उपयोग गर्दै “लैङ्गिक हिंसा र यसको अन्त्य” शीर्षकमा कक्षा १२ सम्मका विद्यार्थीबीच कविता प्रतिस्पर्धा, सामाजिक ‘नारी आवाज’ को दोस्रो अंक प्रकाशन, महिलाबीच पञ्चेबाजा प्रतियोगिता, सचेतना भिडियो प्रदर्शन तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे प्रशिक्षणलगायतका कार्यक्रम आयोजना हुने बताए ।
समाजमा धेरै घटना भए पनि उजागर नहुने समस्या गम्भीर रहेको जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन प्रणालीकी प्रमुख गीता न्यौपानेले उल्लेख गरिन् । “म हिंसा गर्दिन, म हिंसा सहन्न” भन्ने सोच सबैमा विकसित हुनुपर्ने उनको भनाइ थियो ।
लैङ्गिक हिंसा विरुद्धको दिवस सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् १९९७ देखि यो दिवस मनाइदै आइए पनि विसं. २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को निर्णयले प्रत्येक वर्ष नोभेम्बर २५ मा १६ दिने अभियान आधिकारिक रूपमा मनाइने घोषणा गरेको थियो ।
अभियानले महिलामाथि हुने हिंसाविरुद्ध जागरण फैलाउने, पुरुषको सहकार्य बढाउने, लैङ्गिक समानतामा काम गर्दै आएका अधिकारकर्मीबीच समन्वय मजबूत गर्ने र समस्याका विविध आयाममा रणनीतिक छलफल चलाउने उद्देश्य राखेको छ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
वालिङमा पहिलो सडक खाना महोत्सव : स्थानीय स्वाद र संस्कृतिको भव्य तयारी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’