लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान स्याङ्जामा विभिन्न कार्यक्रमसहित सुरु गरिएको छ । कार्यक्रममा लैङ्गिक हिंसा विरुद्ध ऐक्यबद्धता जनाउँदै हस्ताक्षर अभियानको पनि थालनी गरिएको छ ।
यस वर्षको अभियानलाई थप प्रभावकारी बनाउन सचेतनादेखि सांस्कृतिक कार्यक्रमसमेत गरी १६ वटा गतिविधि संचालन गर्ने योजना बनाइएको एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताए ।
मंगलबार सुरु भएको अभियानमा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले लैङ्गिक हिंसा अन्त्यका लागि “सबै तह–क्षेत्रको एउटै आवाज र साझा प्रयास” जरुरी रहेको बताए । समाजमा कानुनी जानकारी र सचेतना बढे मात्र हिंसामा कमी आउन सक्ने उनको भनाइ थियो ।
कार्यक्रमबारे जानकारी दिंदै कार्यालय प्रमुख पौडेलले अनलाइन माध्यमको उपयोग गर्दै “लैङ्गिक हिंसा र यसको अन्त्य” शीर्षकमा कक्षा १२ सम्मका विद्यार्थीबीच कविता प्रतिस्पर्धा, सामाजिक ‘नारी आवाज’ को दोस्रो अंक प्रकाशन, महिलाबीच पञ्चेबाजा प्रतियोगिता, सचेतना भिडियो प्रदर्शन तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे प्रशिक्षणलगायतका कार्यक्रम आयोजना हुने बताए ।
समाजमा धेरै घटना भए पनि उजागर नहुने समस्या गम्भीर रहेको जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन प्रणालीकी प्रमुख गीता न्यौपानेले उल्लेख गरिन् । “म हिंसा गर्दिन, म हिंसा सहन्न” भन्ने सोच सबैमा विकसित हुनुपर्ने उनको भनाइ थियो ।
लैङ्गिक हिंसा विरुद्धको दिवस सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् १९९७ देखि यो दिवस मनाइदै आइए पनि विसं. २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को निर्णयले प्रत्येक वर्ष नोभेम्बर २५ मा १६ दिने अभियान आधिकारिक रूपमा मनाइने घोषणा गरेको थियो ।
अभियानले महिलामाथि हुने हिंसाविरुद्ध जागरण फैलाउने, पुरुषको सहकार्य बढाउने, लैङ्गिक समानतामा काम गर्दै आएका अधिकारकर्मीबीच समन्वय मजबूत गर्ने र समस्याका विविध आयाममा रणनीतिक छलफल चलाउने उद्देश्य राखेको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा