सर्वोच्चमा आगजनी गरेको आरोपमा अखिल क्रान्तिकारी निकट पूर्व स्ववियु सभापति पक्राउ

राजनीति

सर्वोच्चमा आगजनी गरेको आरोपमा अखिल क्रान्तिकारी निकट पूर्व स्ववियु सभापति पक्राउ

Bishnu_Dhungel

काठमाडौं । प्रहरीले जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियु सभापति विष्णु ढुंगेललाई पक्राउ गरेको छ ।

अधिवक्ता समेत रहेका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले चितवनबाट पक्राउ गरी काठमाडौं ल्याउँदैछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी रमेश थापाले ढुंगेल पक्राउ परेको पुष्टि गरे ।

सर्वोच्च अदालतका भ्रष्टाचारीलाई अब छोड्न हुँदैन भन्दै ढुंगेलले आगजनी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उनी २०७९ को स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको तर्फबाट ल क्याम्पसमा स्ववियु सभापति निर्वाचति भएका थिए । उनलाई त्यतिबेला नेविसंघ र माधव नेपाल नेतृत्वको पार्टीको विद्यार्थी संगठन अनेरास्वियूले साथ दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds