पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि चौथो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ बुधबार प्रदान गरेको हो ।
एफएमको पाचौ वार्षिकोत्सवको अवसरमा बुधबार पोखरामा आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् । एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो ।
सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो, तेश्रो र चौथो वार्षिकोत्सवको अवसरमा क्रमशः पहिलो, दोश्रो र किस्ता गरेर ३ लाख ३ रुपैयाँ प्रदान गरिसकेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको चौथो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,उनले भने,‘अघिल्लो दुई वर्ष पहिलो र दोश्रो किस्ता बुझाएका थियौं । यो चौथो किस्ता हो ।’ संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै रेडियोले वार्षिकोत्सवको सन्दर्भ पारेर गत मंसिर ६ गते आयोजना गरेको रक्तदान कार्यक्रमान १५१ युनिट रगत संकलन भएको थियो ।
कार्यक्रममा बोल्दै एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेकाले सोहि अनुसार अगाडि बढिरहेको बताईन् ।
कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका कार्यालय प्रमुख सदीश पुनले सहयोगापेक्षीमुक्त समाज बनाउने अभियानमा एभरेस्ट एफएमले होष्टेमा हैंसे गरेको भन्दै धन्यवाद दिए ।
वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य सरोज श्रेष्ठले राखेका थिए ।
बेष्ट स्टाफ अफ दी ईयर रेजिना कटुवाल
एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’ रेजिना कटुवाल भएकी छन् । । एफएमले वर्षभरी काम गरेको आधारमा कटुवाललाई स्टाफ अफ दी ईयर घोषणा गरेको हो ।
कटुवाल काम विशेषले पोखरा बाहिर रहेकाले वार्षिकोत्सव समारोहमा घोषणा मात्रै गरिएको थियो । उनलाई कुनै विशेष अवसर पारेर पुरस्कार प्रदान गरिने सम्पादक श्रेष्ठले जानकारी दिए । पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला र सम्मान पत्र छ ।
घरबेटीलाई सम्मान
एफएमले घरबेटी पुष्पेन्द्रबहादुर कोईरालालाई सम्मान गरेको छ । आर्थिक मन्दीको समयमा घरभाडा छुट दिएका घरबेटी कोईरालालाई एफएमले पाचौं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो । उनलाई एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठलगायतले फेटा, माला लगाएर सम्मान गरेका थिए ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’