स्याङ्जाको बिरुवा गाउँपालिकाले आयोजना गरेको सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुरुङचौकी माध्यमिक विद्यालयले उपाधि हात पारेको छ ।
बिरुवा -८ मेथाभुरुङ स्थित पुष्प मदन खेलमैदानमा तीन दिनसम्म चलेको प्रतिस्पर्धामा भुरुङचौकी माविले १० स्वर्ण, नौ रजत र दुई कास्य पदक जित्दै उपाधि हासिल गरेको हो । उपाधिसँगै भुरुङचौकी माविले शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
यसैगरी, ६ स्वर्ण, पाँच रजत र दुई कास्यसहित जामुने डाँडा माध्यमिक विद्यालय दोस्रो भएको छ । विद्यालयले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । पाँच स्वर्ण, चार रजत र चार कास्य जितेको बिरुवा मुनलाइट एकेडेमी तेस्रो बन्दै १५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
भलिबल, कबड्डी, दौड, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता खेल समावेश रहेको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिता मंसिर १४ देखि १६ गतेसम्म चलेको थियो ।
पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले स्थानीय तहमा आयोजना हुने खेलकुद प्रतियोगिताले भविष्यका राष्ट्रिय खेलाडीको आधार तयार गर्ने बताउँदै विद्यार्थीलाई अनुशासित र सक्रिय हुँदै आफ्नो रुचिअनुसारको खेलमार्फत व्यक्तित्व विकासमा लाग्न आग्रह गरेका थिए ।
गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवरले खेलकुदले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकासमा मद्दत गर्ने बताए । प्रतियोगिताले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु