‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

Waling-street-food-festival-2082-bhid

स्याङ्जामा वालिङ नगरपालिकाले आयोजना गरेको पहिलो सडक खाना महोत्सव –२०८२ भोलि एक दिन थपिने भएको छ । स्थानीय उत्साह र भीडको अनुमान बढेपछि महोत्सव अवधि भोलि एक दिन थपिने भएको हो ।

तीन दिनदेखि चलिरहेको पहिलो वालिङ सडक खाना महोत्सव –२०८२ मा स्थानीय तथा बाह्य दर्शकहरुको बढ्दो भीडका कारण भोलि एक दिन थप्ने निर्णय गरिएको महोत्सव व्यवस्थापक एवं नगर प्रवक्ता पदमराज गुरुङले जानकारी दिए । स्थानीय उत्साह बढेपछि महोत्सवलाई एक दिन लम्ब्याउने निर्णय गरिएको गुरुङले बताए ।

“हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन वृद्धि हाम्रो चाहना” भन्ने नारासहित आधारित महोत्सवमा नगरभित्र बसोबास गर्दै आएका विभिन्न जातजातिका मौलिक परिकार मुख्य आकर्षण बनेका छन् । परिकारसँगै समुदायका नाचगान, भेषभूषा, किसानका उत्पादन, बीउबिजन, कृषि प्रविधि र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक कार्यक्रमले महोत्सव क्षेत्र भरिभराउ बनेको छ ।

नगरपालिकाले पहिलोपटक आयोजना गरेको सडक खाना महोत्सवलाई भव्य र सहभागीमूलक बनाउन शुक्रबार स्थानीय तहका सबै सरकारी, गैर–सरकारी कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा सार्वजनिक बिदा समेत दिएको छ ।

पतञ्जलि योगपीठदेखि सुर्कौदी पुलसम्म फैलिएको आँधीखोला करिडोरमा मंसिर १७ देखि सुरु भएको महोत्सवले स्थानीय खानाको संरक्षण, सांस्कृतिक विविधताको प्रवर्द्धन र नगर ब्रान्डिङमा नयाँ ऊर्जा थपेको नगरपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ