एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै

खेलकुद

एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै

npabsan

पोखरा । नेसनल प्याब्सन, कास्की आयोजनामा पोखरामा हुने दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ तयारी पूरा भएको छ । यी दुई इभेन्ट पोखरा प्रदर्शनी केन्द्र र पोखरा रंगशालामा छुट्टाछुट्टै समयमा हुँदैछन्।

संस्थाका अध्यक्ष हेमन्त अधिकारीका अनुसार यही २० देखि २३ मंसिरसम्म पोखरा रंगशालामा खेलकुद प्रतियोगिता हुनेछ । यसैगरी, बालप्रतिभा पहिचान कार्यक्रम २४ देखि २६ मंसिरसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ । औपचारिक उद्घाटन २४ गते नै हुनेछ।

एन प्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका १५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई पुरस्कारस्वरुप ट्रफी, मेडल प्रदान गरिनेछ।

महोत्सवमा कास्कीसहित छिमेकी जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी तथा तिनका अभिभावकले समेत अवलोकन गर्न आउने जनाइएको छ । ‘यो महोत्सव विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन मात्र नभई, सिकाइको थलो पनि हुने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

बालप्रतिभा पहिचानअन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्री र अंग्रेजी वक्तृत्वकला हुने एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।

अंग्रेजी वक्तृत्वकलामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मकै विद्यार्थीले भाग लिने प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।

त्यसैगरी, खेलकुदतर्फ छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता हुनेछ । क्रिकेटतर्फ कक्षा १ देखि १० सम्मका र फुटसलमा कक्षा ११ र १२ का विद्यार्थीले मात्र भाग लिने कोषाध्यक्ष राजु केसीले बताए ।

२० मंसिरमा सुरु हुने क्रिकेट प्रतियोगिता उद्घाटनमा अल्फा एकेडेमी र सिद्धार्थ लवडेल तथा फुटसलमा नेशनल क्रियशन र न्यू ग्यालेक्सीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । सामूहिक लोकनृत्य प्रतियोगिता संयोजकमा शिवराज पौडल तथा सदस्यमा पितृराज अधिकारी र विक्रम सुवेदी छन् । एकल गायन प्रतियोगिता संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्य हेम रानाभाट, रुद्रप्रसाद अधिकारी, सल्लाहकार तिलकप्रसाद अधिकारी छन् ।

यसैगरी, चित्रकला संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यमा मित्र राई र सुरेशराज पाण्डे छन् । कविता वाचनमा हरिराज अधिकारी संयोजक तथा विक्रम सुवेदी र भुवन पौडेल सदस्य छन् । अभिनय संयोजकमा विक्रम सुवदी तथा सदस्य दीपु भारी र अशोक शर्मा छन् । विज्ञान तथा प्रविधि प्रतियोगिता संयोजक तोलाकान्त न्यौपाने तथा सदस्य अजय थापा र शालिग्राम पराजुली, हस्तकला प्रतियोगिता संयोजकमा रमेशराज पौडेल तथा सदस्य गगन गुरुङ र सोमनाथ पौडेल छन् ।

वक्तृत्वकलाको संयोजकमा हेम रानाभाट तथा सदस्य हरि धमला र मित्र राई, क्रिकेट संयोजकमा ज्ञानेन्द्रबहादुर थापा तथा सदस्य हिमाल गुरुङ र देवराज कार्की, फुटसल संयोजकमा अर्जुनप्रसाद पाण्डे तथा सदस्य ज्ञानेन्द्रबहादुर थापा, हिमाल थापा र सल्लाहकार केशवशरण पौडेल छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ