जिल्लाभर अवैध रूपमा चलिरहेको माछाको कारोबारलाई नियन्त्रण गर्न सुरक्षा निकायले पछिल्लो समय निगरानी थप कडा पारेको छ । यही क्रममा शनिबार स्याङ्जा प्रहरीले वालिङ र पुतलीबजारका दुई स्थानमा अनियमितता भेटेपछि कारबाही अघि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र वालिङ नगरपालिका पशु सेवा शाखाको टोलीले पुतलीबजार नगरपालिका –१ स्याङ्जा बजारमा लामो समयदेखि माछा बिक्री गर्दै आएका भारत मोतिहारीका ३३ वर्षीय राम पुकार गुप्ताले बिक्रीका लागि राखेका १८ किलो वसा प्रजातिका माछा जफत गरेको हो । तत्कालै ती माछा नष्ट गरिएको प्रहरी निरीक्षक सागर कार्कीले बताए ।
यस्तै, वालिङ नगरपालिका –१० मा कर्णबहादुर सार्कीको घरमा सञ्चालन हुँदै आएको ‘भकुण्डे माछा पसल’ पुगेको टोलीले भारत पश्चिम चम्पारणका डोमा साहले राखेका वैखी र पगाम प्रजातिका माछा मानव सेवनयोग्य देखिन नसक्ने अवस्थामा रहेको ठहर गरेको छ । ती माछाका नमूना परीक्षणका लागि पोखरा पठाइएको र प्रतिवेदन नआएसम्म पसल सिल गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
अवैध र अखाद्य सामग्रीको बिक्रीवितरणमा कडाइका साथ कारबाही जारी रहने बताइएको छ ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस