स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

Awaid-machha-nashta

जिल्लाभर अवैध रूपमा चलिरहेको माछाको कारोबारलाई नियन्त्रण गर्न सुरक्षा निकायले पछिल्लो समय निगरानी थप कडा पारेको छ । यही क्रममा शनिबार स्याङ्जा प्रहरीले वालिङ र पुतलीबजारका दुई स्थानमा अनियमितता भेटेपछि कारबाही अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र वालिङ नगरपालिका पशु सेवा शाखाको टोलीले पुतलीबजार नगरपालिका –१ स्याङ्जा बजारमा लामो समयदेखि माछा बिक्री गर्दै आएका भारत मोतिहारीका ३३ वर्षीय राम पुकार गुप्ताले बिक्रीका लागि राखेका १८ किलो वसा प्रजातिका माछा जफत गरेको हो । तत्कालै ती माछा नष्ट गरिएको प्रहरी निरीक्षक सागर कार्कीले बताए ।

यस्तै, वालिङ नगरपालिका –१० मा कर्णबहादुर सार्कीको घरमा सञ्चालन हुँदै आएको ‘भकुण्डे माछा पसल’ पुगेको टोलीले भारत पश्चिम चम्पारणका डोमा साहले राखेका वैखी र पगाम प्रजातिका माछा मानव सेवनयोग्य देखिन नसक्ने अवस्थामा रहेको ठहर गरेको छ । ती माछाका नमूना परीक्षणका लागि पोखरा पठाइएको र प्रतिवेदन नआएसम्म पसल सिल गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

अवैध र अखाद्य सामग्रीको बिक्रीवितरणमा कडाइका साथ कारबाही जारी रहने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds