पोखरामा आगामी शनिबार ‘पोखरा विन्टर फेष्ट’ हुने भएको छ ।
प्रचार नेपाल, अर्बिट्रेरी इभेन्ट र स्पेक्स–१४ को आयोजनामा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो ।
फेष्टमा चर्चित भारतीय कलाकार सञ्जु राठोरको प्रस्तुती रहने प्रचारका सञ्चालक आशिष पुरीले जानकारी दिए ।
राठोडका गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत चर्चित छन् । राठोड केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण शोको लागि पुनः आउन राठोड तयार भएको पुरीले बताए । राठोडले पोखरामा पहिलोपटक आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

फेष्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुती रहनेछ । र्याप भर्स र लाइभ पर्फर्मेन्सका लागि चर्चित एसटी म्यानका बोमबे, सिनेमा, झोला ग्याङ जस्ता गीतहरु चर्चित छन् ।
युवामाझ लोकप्रिय उदीयमान कलाकार राजन केसीले फेष्टको सुरुआतमा प्रस्तुती दिनेछन् ।
फेष्ट साँझ ८ बजेबाट सुरु हुनेछ । फेष्टका लागि खल्तीमार्फत टिकट काट्न सकिनेछ । चर्चित कलाकार आउने उक्त फेष्टका लागि तयार रहेको क्लब क्याटवाकले जनाएको छ ।
संगीत, र्याप, युवा ऊर्जा र विन्टर फेस्टिभलको भावना एकै ठाउँमा अनुभव गर्न चाहने जो–कोहीका लागि यो फेष्ट लाभदायी हुने प्रचारका सञ्चालक पुरीले जानकारी दिए ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो