पोखरामा आगामी शनिबार ‘पोखरा विन्टर फेष्ट’ हुने भएको छ ।
प्रचार नेपाल, अर्बिट्रेरी इभेन्ट र स्पेक्स–१४ को आयोजनामा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो ।
फेष्टमा चर्चित भारतीय कलाकार सञ्जु राठोरको प्रस्तुती रहने प्रचारका सञ्चालक आशिष पुरीले जानकारी दिए ।
राठोडका गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत चर्चित छन् । राठोड केही महिनाअघि पोखरा घुम्न आएका थिए । पोखरा मन परेका कारण शोको लागि पुनः आउन राठोड तयार भएको पुरीले बताए । राठोडले पोखरामा पहिलोपटक आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

फेष्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुती रहनेछ । र्याप भर्स र लाइभ पर्फर्मेन्सका लागि चर्चित एसटी म्यानका बोमबे, सिनेमा, झोला ग्याङ जस्ता गीतहरु चर्चित छन् ।
युवामाझ लोकप्रिय उदीयमान कलाकार राजन केसीले फेष्टको सुरुआतमा प्रस्तुती दिनेछन् ।
फेष्ट साँझ ८ बजेबाट सुरु हुनेछ । फेष्टका लागि खल्तीमार्फत टिकट काट्न सकिनेछ । चर्चित कलाकार आउने उक्त फेष्टका लागि तयार रहेको क्लब क्याटवाकले जनाएको छ ।
संगीत, र्याप, युवा ऊर्जा र विन्टर फेस्टिभलको भावना एकै ठाउँमा अनुभव गर्न चाहने जो–कोहीका लागि यो फेष्ट लाभदायी हुने प्रचारका सञ्चालक पुरीले जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो