बहुविवाह कसुरमा डीएसपी नेपाल पक्राउ

पक्राउ

बहुविवाह कसुरमा डीएसपी नेपाल पक्राउ

madhu nepal

काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

उनी बहुविवाह कसुरमा पक्राउ परेका हुन् ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टले नेपालको पूर्वपत्नीको जाहेरीका आधारमा नेपाल पक्राउ परेको जानकारी दिए ।

नेपाललाई थुनामा राखेर नै प्रहरीले अनुसन्धान थालेको छ । नेपालको जेठी श्रीमतीबाट एउटा छोरी र कान्छीबाट दुई छोरी छन् ।

नेपाल पक्राउ परे लगत्तै निलम्बनको प्रक्रिया अघि बढेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds