पोखरा आइपुगे सञ्जु राठोड

पोखरा आइपुगे सञ्जु राठोड

अहिले ८ बजेदेखि क्याटवाकमा ‘पोखरा विन्टर फेष्ट’

welcome

‘पोखरा विन्टर फेष्ट’ मा प्रस्तुति दिन चर्चित भारतीय कलाकार सञ्जु राठोड पोखरा आइपुगेका छन् ।

पोखरा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा अहिले बेलुकी ८ बजेबाट सुरु हुने फेस्टका लागि राठोड पोखरा आइपुगेका हुन् । पोखरा विमानस्थलमा प्रचारका आशिष पुरी लगायतले उनलाई स्वागत गरेका छन् ।

प्रचार नेपाल, अर्बिट्रेरि इभेन्ट र स्पेक्स–१४ को आयोजनामा हुने फेष्टमा राठोडसहितका कलाकारले प्रस्तुति दिनेछन् । राठोडका गुलाबी सारी, सन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत चर्चित छन् ।

फेष्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुती रहनेछ । र्‍याप भर्स र लाइभ परफर्मेन्सका लागि चर्चित एसटी म्यानका बोमबे, सिनेमा, झोला ग्याङ जस्ता गीतहरु चर्चित छन् ।

युवामाझ लोकप्रिय उदीयमान कलाकार राजन केसीले फेष्टको सुरुआतमा प्रस्तुति दिनेछन् । फेष्टका लागि खल्तीमार्फत टिकट काट्न सकिनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ