प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान

खेलकुद

प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान

prativa sports fest samapan (1)

Photo: Mandeep KC

पोखराको पालिखेचोकस्थित प्रतिभा माविले विभिन्न खेलकुद गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई सोमबार एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको छ ।

वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत वर्षभरि भएका खेलकुदका विभिन्न गतिविधिका उत्कृष्ट विद्यार्थी र समूहलाई पुरस्कार वितरण गरिएको हो ।

पोखरा रंगशालामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका–३ का अध्यक्ष प्रकाशमान उदास, विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल लगायतले उद्घाटन गरेका थिए ।

प्रतिभाले विद्यालय तहमा आन्तरिक प्रतिश्पर्धा हुनेगरि फुटसल, भलिवल, बास्केटबल, टेवलटेनिस, चेस लगायतका खेलकुद गतिविधि संचालन गरेको थियो । तिनै खेलकुदका उत्कृष्ट विद्यार्थी र टिमलाई पुरस्कार वितरण गरिएको हो ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालय तथा ११ र १२ कक्षाका विद्यार्थीका लागि केही समय अघि विद्यालयभित्र खेलकुदका विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । तिनै खेलकुद गतिविधिमा उत्कृष्ट भएका विद्यार्थी र खेलाडी समूहलाई सोमबार सामूहिक रुपमा पुरस्कार वितरण गरिएको थियो ।

‘विद्यालय तहका सबै कक्षालाई खेलकुदमा समेट्ने गरी खेलकुदका गतिविधी गरिएको थियो । तिनै खेलका उत्कृष्ट विद्यार्थीलाई सोमबार मेडल तथा प्रमाणपत्र प्रदान गरिएको हो,’ प्राचार्य सापकोटाले भने ।

विद्यार्थीमा किताबी ज्ञान बाहेक खेलकुदका गतिविधिभित्रको सक्रियता पनि आवश्यक रहेको उनले बताए । ‘विद्यार्थीको शारिरीक तथा मानसिक विकासका लागि खेलकुदका गतिविधि आवश्यक पर्छ ।

विद्यालयमा पढाईका अतिरिक्त खेल गतिविधि पनि चाहिन्छ,’ उनले भने, ‘जब विद्यार्थी खेलमा सक्रिय हुन्छ, उसको शारिरीक तथा मानसिक विकास हुन्छ ।’

प्राचार्य सापकोटाले खेलकुदका गतिविधिले विद्यार्थीमा नेतृत्व, सहकार्य, मेलमिलाप जस्तो जिवनोपयोगी सिपको विकास हुने बताए । ‘खेलसँग जोडिँदा त्यसको महत्व राष्ट्रसम्म पनि जोडिन्छ । त्यसैले विद्यार्थीलाई खेल गतिविधिमा सहभागिताको आवश्यक पर्छ,’ उनले भने ।

प्रमुख अतिथि पोखरा–३ का अध्यक्ष प्रकाशमान उदासले खेल गतिविधिले विद्यार्थीमा लुकेको क्षमता बाहिर ल्याउन सकिने बताए । ‘जो कोही खेलाडी विद्यालयबाटै प्रस्फुटन हुने हो । विद्यालय तहमा खेल्दै खेलकुदमा अघि सरेको खण्डमा बल्ल खेलाडीले पहिचान कमाउन सक्छ,’ उनले भने, ‘विद्यार्थीमा पाठ्यपुस्तकको ज्ञान मात्र नभई खेलकुदका गतिविधि पनि आवश्यक पर्छ । यसले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागि बनाउँछ ।’

विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीलाई खेलमा सहभागि गराउँदा उनीहरुमा अनुशासन समेत बढाउन सकिने बताए । ‘खेलकुदमा अनुशासनको महत्व हुन्छ । त्यो महत्व विद्यार्थीले खेल दौरान विद्यालयबाटै सिक्न पाउँछन,’ उनले भने, ‘पाठ्यपुस्तकले सबैतिर समेट्न नसकेको बेला विद्यार्थीलाई खेलकुदमा सहभागी गराउन सक्ने हो भने त्यसले विद्यार्थीको व्यक्तिगत दक्षताको पनि विकास गराउँछ ।’ खेलकुदम सक्रिय विद्यार्थी शारिरीक रुपले पनि स्वस्थ बन्ने भएकोले खेलको महत्व रहेको उनले बताए ।

विद्यालयका प्राचार्य सापकोटाका अनुसार सोमबार खेलकुदका सहभागी र विजेता खेलाडीलाई पुरस्कार वितरणसँगै फुटबल र एथलेटिक्सका खेल पनि रंगशालामै आयोजना गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

मन्दिप केसी

मन्दिप केसी

केसी गण्डकन्यूजका फोटो जर्नालिस्ट हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds