अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा

अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा

truck-niyantran-fedikhola-with-salko-kath

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ सर्केटारी स्थित सिद्धार्थ राजमार्गमा प्रहरीले अवैध सालको काठसहित एक मिनि ट्रक नियन्त्रणमा लिएको छ ।

आँधिखोला गाउँपालिका सेतिदोभानबाट पोखरातर्फ लैजाँदै गरेको अवस्थामा काठ र ग १ ख ६३८६ नम्बरको मिनि ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ ।

मिनी ट्रकमा साल जातको काठको तयारी ढोकाको चौकोस ४ थान तथा झ्यालको चौकोस ४ थान फेला परेको हो, जसको परिमाण १६ दशमलव ०६ क्यु फिट रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए ।

उनका अनुसार काठ, ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ