लक्ष्मी ग्रुप प्रा.लि.ले आफ्नो ५२ औं स्थापना दिवस शनिबार एक समारोहको आयोजना गरि मनाएको छ ।
बटुकद्वारा स्वस्ती वाचन एवम् ग्रुपका कार्यरकारी निर्देशक सुनिल श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी सुरुवात गरिएको कार्यक्रममा कम्पनीमा ५, १०, १५ , २० र ३० वर्ष सेवा गर्ने २१ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै कार्यकारी निर्देशक श्रेष्ठले आज भन्दा ५२ वर्ष अघि स्व. हजुर आमा पुतली देवी श्रेष्ठको छत्र छाँयाँमा बुवाहरु द्वय बुद्धि बहादुर श्रेष्ठ र गणेश बहादुर श्रेष्ठले स्थापना गरेको लक्ष्मी मिठाई भण्डारले सबैको साथ, सहयोग र समर्थनले आजको यो रुप लिएको बताए । यसका साथै आगामी दिनमा समेत यस किसिमको साथ सहयोग निरन्तर रहने कुरामा आफु विस्वस्त रहेको कुरा बताए ।
कार्यक्रममा सम्मानित कर्मचारीलाई कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ एवम् धर्मपत्नी मन लक्ष्मी श्रेष्ठ, निर्देशकहरु चन्द्र बहादुर राजभण्डारी, कृष्ण बहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, सुब्रत श्रेष्ठ र अनुभव श्रेष्ठले सम्मान स्वरुप मायाको चिनो एवम् प्रंशसा पत्र प्रदान गरेका थिए ।

यसका साथै ५२ औं स्थापना दिवसको अवसरमा कर्मचारीहरु विच भाईचाराको अभिवृद्वी गर्ने उद्देश्यले आयोजना गरिएको खेलकुद कार्यक्रम अन्तरगत महिला तथा पुरुष एकल ब्याटमिन्टन र फुट्सल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
त्यसैगरि ५२ औं स्थापना दिवस कै अवसर पारेर ग्रुपले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले पहिलो रक्तदाता महेन्द्र थापा लाई ब्लड ब्याग हस्तान्तरण गरि सुरुवात गरिएको सो कार्यक्रममा जम्मा ८५ जनाले रक्तदान गरेका थिए । यस प्रकारको रक्तदान कार्यक्रम कम्पनिले सोसियल कर्पोरेट रेस्पोन्सीविलिटी अन्तरगत हरेक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको कम्पनीले जनाएको छ ।
सो समारोहमा कम्पनीका मानव संसाधन विभागका महाप्रवन्धक श्याम मल्लले कार्यक्रम आयोजनको उद्देश्य माथि प्रकाश पार्दे प्रतिष्ठानले संथागत सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य तथा खेलकुद एवम् धार्मिक क्षेत्रका विभिन्न विधाहरुमा कम्पनीले हाल सम्म देखाएको सक्रियता एवम् समुदायमा यु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमलाई प्रताप आचार्यले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?