पोखरा । हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डायमण्डले जनप्रकाशलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।
खेलमा डायमण्डले टस जितेर फिल्डिङ लिदा जनप्रकाशले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय १५ रन बनाउन सफल भयो । जनप्रकाशका ब्याटर कुशल श्रेष्ठले ३६ बलमा ३६ रन, संसार दर्जीले १३ बलमा १२ रन बनाउन सफल भएभने डायमण्डका बलर भीम बहादुर बिकले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिन सफल भए ।
जवाफी ब्याटिङमा उत्रेको डायमण्डले १९ ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १६ रन बनाउन सफल भए । डायमण्डका ब्याटर सुशान्त तिवारीले ३३ बलमा ४१ रन, सन्दिर तिमिल्सिनाले १५ बलमा १७ रन बनाउन सफल भए । त्यस्तै जनप्रकाशका बलर रोहित किसानले ४ ओभरमा २७ रन दिदै ३ विकेट लिन सफल भए । हिमाल आचार्यले ४ ओभरमा १ मेडेन राख्दै २० रन दिएर ३ विकेट लिन सफल भए । डायमण्डले उक्त खेल २ विकेटले जित्न सफल भयो ।
खेलको प्लेयर अफ दी म्याच सुशान्त तिवारी घोषित भए । प्रतियोगिताको बेष्ट बलर प्रतिभा सेकेण्डरीका साहबुद्धिन अनसारी भए उनले हिमालय एकेडेमीको एडमिसन फि मा ५० प्रतिशत छुट प्राप्त गरे । बेष्ट बलर हिमालय बोर्डिङका आयुष पनेरु बन्न सफल भए उनले हिमालय एकेडेमीको एडमिसन फि मा ५० प्रतिशत छुट प्राप्त गरे ।
सर्वोत्कृष्ट खेलाडी डायमण्डका सुसांक तिवारी घोषित भए उनले हिमालय एकेडेमीको भर्ना फिमा १०० प्रतिशत छुट प्राप्त गरे । उदयीमान खेलाडी रत्नज्योतीका प्रितिश गुरुङले हात पारे उनले समेत एकेडेमीमा शत प्रतिशत छुट प्राप्त गरेका छन ।
प्रतियोगिताका बिजयीहरुलाई कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुन, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, हिमालय क्रिकेट एकेडेमी प्रा.लि.का अध्यक्ष शक्ति बराल, खेलकुद पत्रकार मञ्च झापाका भुमिका पिया लगायतले, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो