फेवातालको सिमसार पुर्ने युवराज खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा

पक्राउ

फेवातालको सिमसार पुर्ने युवराज खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा

simsar Yuvaraj

पोखरामा बसेर व्यवसाय गर्दै आएका युवराज खतिवडाले फेवातालको सिरान क्षेत्रस्थित सिमसार पुर्ने काम नरोकेपछि कास्की प्रहरीद्वारा पक्राउ परे ।

सोमबार दिउँसो सिमसार क्षेत्रमा माटो र गिटी हालेर पुरिरहेको अवस्थामा रोक्न गएको प्रहरी टोली र रिपोर्टिङमा पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टे घर भई हाल पोखरा–५ बस्ने ३७ वर्षीय खतिवडाले प्रहरीको निर्देशन अटेर गरेका थिए। साविक माओवादी केन्द्र निकट खतिवडाले शक्तिको दुरुपयोग गर्दै फेवातालको सिमसार क्षेत्र पुर्दै आएको आरोप उनीमाथि छ ।

सोमबार दिउँसो प्रहरीले सिमसार पुर्न प्रयोग गरिएका गाडीका चाबी खोसेपछि उनले अर्को चाबी ल्याएर जबर्जस्ती गाडी सञ्चालन गर्ने प्रयास गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको बताएका छन् ।

प्रहरीले सिमसार पुर्न प्रयोग गरिएका टिपरसमेत नियन्त्रणमा लिएको छ।

अवैध रूपमा डोजर चलाउने र सिमसार पुर्ने व्यक्तिलाई कारबाही गर्ने कानुनी व्यवस्था नहुँदा प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको एक प्रहरी अधिकृत बताउँछन्।

खतिवडा यसअघि पनि पटकपटक फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यमा संलग्न हुँदै आएका थिए। सिमसार क्षेत्र मास्न नपाइने सरकारी नीतिका कारण उनी फेवातालको सिमसार पुर्न थालेयता दर्जनौं पटक पक्राउ परेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ