गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

Citizen-health-service-operation-at-Galyang-City-Hospital

स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सुरु गरिएको छ । नगरवासीलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ बनाउने उद्देश्यका साथ अस्पतालमै नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो ।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आधार मानेर आयुर्वेद उपचारलाई स्थानीय तहसम्म पुर्‍याउने लक्ष्यका साथ केन्द्र सुरु गरिएको नागरिक आरोग्य सेवा केन्द्र गल्याङका बैद्य वीरबहादुर बोहराले जानकारी दिए । उनका अनुसार जीवनशैलीसँग जोडिएका नसर्ने रोगको बढ्दो जोखिमलाई कम गर्न योग, ध्यान र आधारभूत आयुर्वेद सेवामा केन्द्रित गरिनेछ ।

आरोग्य केन्द्रमार्फत विद्यालय, आमा समूह, महिला स्वयंसेविका र युवा क्लबसँग सहकार्य गरी समुदायस्तरमै योग र ध्यान अभ्यास गराइने योजना रहेको वैद्य बोहराले बताए । यसले सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

केन्द्रबाट आयुर्वेद उपचारसम्बन्धी न्यूनतम मापदण्डअनुसारका सेवा उपलब्ध हुनेछन् । पूर्वकर्म, पञ्चकर्म, बाष्प विधि, रुघाखोकी उपचार तथा स्वस्थ जीवनशैलीबारे परामर्शसमेत प्रदान गरिने जनाइएको छ ।

नगर अस्पतालमै नागरिक आरोग्य सेवा सुरु भएसँगै अब गल्याङ क्षेत्रका नागरिकलाई आयुर्वेद उपचार र परामर्शका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ