चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति

चापाकोट महोत्सवमा झलिको गीतमा अर्जुन सापकोटाको आकर्षक प्रस्तुति

Arjun-Sapkota’s-charming-performance-in-the-song-Jhaliko

तेस्रो चापाकोट महोत्सवको दोस्रो दिन झलिको गीतका चर्चित गायक अर्जुन सापकोटाको उपस्थितिले माहोल झन् रौनकपूर्ण बनेको छ । महोत्सव स्थलमा सापकोटालाई हेर्न दर्शकको ठूलो घुइँचो लागेको थियो । स्टेजमा उक्लिनासाथ दर्शकको ताली र नाराले वातावरण उत्साहले भरिएको देखिन्थ्यो ।

लोकलय र झलिको गीतमार्फत लोकप्रिय बनेका सापकोटाले एकपछि अर्को चर्चित गीत प्रस्तुत गर्दा दर्शकहरू झुम्मिन बाध्य भएका थिर । युवादेखि वृद्धसम्म उनको झलिको, पछ्यौरी लिइस्यो, बस्यौ अलक्कै, डाँडैको टुनीलगायतका गीतमा साथ दिँदै नाचगान गरेको दृश्यले महोत्सवलाई स्मरणीय बनाएको थियो । दर्शकले देखाएको अपार मायाप्रति गायक सापकोटाले धन्यवाद व्यक्त गर्दै चापाकोटको माया कहिल्यै नबिर्सने बताएका थिए ।

महोत्सवमा सांगीतिक प्रस्तुतिका साथै स्थानीय कला, संस्कृति र उत्पादनको पनि प्रदर्शनी गरिएको छ । दोस्रो दिनसम्म आइपुग्दा महोत्सवले स्थानीय व्यवसाय प्रवर्द्धन र सांस्कृतिक पहिचान उजागर गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।

तेस्रो चापाकोट महोत्सवमा आगामी दिनहरूमा पनि विभिन्न सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुने जनाइएको छ । चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको यस महोत्सवले पर्यटन प्रवर्द्धन, स्थानीय कलाकारको हौसला र आर्थिक चलायमानतामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

शुक्रबारदेखि स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको महोत्सव माघ ६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds