स्याङ्जाको बिरुवा गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजामा थप सहयोग उपलब्ध गराएको छ । गाउँपालिकाले कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई प्रतिदिन पाँच रुपैयाँ थप अनुदान दिएर दिवा खाजाको दर २५ रुपैयाँ पुर्याएको हो ।
यसअनुसार पालिकाभित्रका ३२ वटा विद्यालयमा अध्ययनरत ५५४ जना विद्यार्थी लाभान्वित भएका छन् । संघीय सरकारले उपलब्ध गराउँदै आएको २० रुपैयाँमा पालिकाले थप रकम जोडेपछि विद्यालयमै नियमित रूपमा खाजा खुवाउने व्यवस्था मिलाइएको हो ।
विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउने र बालबालिकाको पोषण अवस्था सुधार्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिए । अनुदान रकम सम्बन्धित विद्यालयमार्फत विद्यार्थीको दिवा खाजामै खर्च भइरहेको उपाध्यायले बताए ।
शिक्षासँगै बालबालिकाको स्वास्थ्यमा ध्यान दिनु स्थानीय सरकारको दायित्व भएको बताउँदै गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले सानो देखिए पनि यस सहयोगले विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न र पोषणमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको बताए ।
कार्यक्रम कार्यान्वयनमा पारदर्शिता अपनाइएको उल्लेख गर्दै अध्यक्ष कुँवरले अनुदान रकम सही प्रयोजनमा खर्च होस् भनेर नियमित अनुगमन गरिँदै आएको बताए । शिक्षाको गुणस्तर सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उनले बताए ।
पालिकाले हाजिरीको आधारमा बढीमा एक विद्यार्थीका लागि १८० दिनसम्म खाजा खर्च व्यवस्थापन गर्दै कुल चार लाख ९८ हजार ६ सय रुपैयाँ विनियोजन गरेको छ । पहिले संघीय सरकारले दिएको खाजा खर्च अभिभावकले लैजाने गरेकामा अहिले पालिकाको थप सहयोगपछि विद्यालयमै दैनिक तालिका बनाएर खाजा खुवाउने गरिएको छ । गाउँपालिकाको यो निर्णयलाई अभिभावक र विद्यालय प्रशासनले सकारात्मक रूपमा लिएका छन् ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा