स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित सुन्तलीटार खेलमैदानमा यही पौष २५ गतेदेखि चलिरहेको तेस्रो चापाकोट महोत्सव–२०८२ अन्तर्गत राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ ।
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित हुन लागेको प्रतियोगिता पौष ३० गतेदेखि माघ ६ गतेसम्म सुन्तलीटार खेलमैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख १५ हजाफ ५५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय, तृतीय र सान्त्वना हुने टोलीलाई क्रमशः ६६ हजार ६६६, ३३ हजार ३३३ र ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्सर र सर्भरलाई जनही दुई हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले तीन हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन खेलाडीको जन्ममिति वि.सं. २०४४ फागुन १० गतेभन्दा अगाडिको हुनुपर्ने नियम तोकिएको छ । प्रतियोगिताले स्थानीय खेलकुद प्रवर्द्धनसँगै चापाकोटको पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा