पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मकर) संक्रान्ति/माघी पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।
‘हाम्रा सँस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।’ प्रदेश प्रमुख भट्टले भनेका छन् – ‘सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति एवं माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने कामना व्यक्त गर्दछु ।’
यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरेका छन् ।
तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको छ । यो नेपालका थारुसँगै मगर र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व पनि हो । थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ बर्षका रुपमा मनाउने गर्छन् । तराईवासीले नहान अर्थात नुहाउने पर्वको रूपमा मनाउँदछन् । आम नेपालीले माघे संक्रान्तिमा विभिन्न परिकार बनाएर खाई हर्षोल्लासपूर्वक मनाउँदछन् ।

सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो