आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि जिल्लामा निर्वाचन प्रहरीको अभाव देखिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार निर्वाचन सुरक्षाका लागि आवश्यक संख्याभन्दा झण्डै आठ सय निर्वाचन प्रहरी कम भएका छन् ।
प्रहरीका अनुसार जिल्लामा कुल दुई हजार १२६ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म एक हजार ३१८ जनाले मात्र आवेदन दिएका छन् । आवेदन दिने क्रममा विभिन्न चरणका परीक्षामा एक सयभन्दा बढी उम्मेदवार अनुत्तीर्ण र अनुपस्थित भएपछि अन्ततः ८०८ जनाको कमी देखिएको हो ।
निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया पहिलो चरणमा माघ १ गतेसम्म तय गरिएको थियो । तर अपेक्षित आवेदन नआएपछि माघ ३ गतेसम्म समय थप गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार अपुग निर्वाचन प्रहरीका लागि दुई दिन थप गर्दै आवेदन माग गरिएको छ । उम्मेदवारले शनिबार र आइतबार दुई दिन फारम दर्ता गर्न सक्नेछन् । निर्वाचन प्रहरी बन्न इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साथै नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाका बेला कुनै राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने सर्त राखिएको छ ।
यसपटक निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त व्यक्ति, पूर्व वन रक्षक तथा २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म सुरक्षा निकायमा विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेशपत्रका आधारमा प्राथमिकतामा राखिने प्रहरीले जनाएको छ ।
यसैगरी, अघिल्ला प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरी सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्तिलाई समेत प्राथमिकता दिइने प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
निर्वाचन मिति नजिकिँदै जाँदा आवश्यक जनशक्ति जुटाउन थप प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर