पोखरा १५ द्वारा आयोजित चौथो वडा स्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ।
वडा कार्यालयले आयोजना गरेको पाँच दिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जु देवी गुरुङ, महानगरका प्रशासकीय अधिकृत, मोतीराम अर्याल, वन विज्ञान क्याम्पसका प्रमुख नारायण प्रसाद शर्मा, सशस्त्र प्रहरी तालिम केन्द्रका प्रहरी प्रमुख उद्धव पौडेल, वडा अध्यक्ष तोरण बानियाँ, महोत्सव संयोजक आशिष भण्डारी, वडा सदस्यहरू बलराम पौडेल, मन्दिरा परियार र सेतीमाया गुरुङलगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे ।
पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन जागृति आमा समूह च्याम्पियन बनेको छ । बन विज्ञान क्याम्पसको खेल मैदानमा वडावासीको उत्साहजनक सहभागिताका बिच भएको आजको फाइनल खेलमा सानिमजुवा र दिव्यज्योती युवा क्लब बिच रोचक प्रतिस्पर्धा भएको थियो।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउट बाट गरिएको थियो। पेनाल्टीमा सानिमजुवा ३-२ ले विजयी बन्यो। भने, महिला भलिबलमा जन जागृति आमा समूहले एकता आमा समूहलाई पराजित गर्यो। समापन कार्यक्रममा १७ खेल विधाका विजेता, उपविजेता, तेस्रो तथा वेस्ट प्लेयरहरूलाई नगद पुरस्कारसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि उपमेयर मञ्जु देवी गुरुङले वडा नं १५ ले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताइन्। उनले खेलकुदको माध्यमबाट समाजमा भएको विकृति विसङ्गतिलाई हटाउनुपर्छ र यहाँ भएका विभिन्न संघ संस्थासँग हातेमालो गरी खेलको माध्यमबाट समृद्धिको बाटोतर्फ लाग्नुपर्छ भनेर वडाले विगतका वर्षहरूबाट खेलकुद महोत्सवलाई निरन्तरता दिएको बताइन्।
खेल महोत्सवमा महिला दिदी बहिनीहरुको उल्लेख्य सहभागिता रहेको भन्दै हिजोका दिनमा घरायसी काम काजमा सीमित रहने र चुल्हो चौकोसमा रमाउने महिला आज यसरी खेलकुदमा रमाइरहनु अत्यन्त सकारात्मक रहेको बताउँदै वडा नं १५ ले वडावासीको क्षमता विकास गर्दै सामाजिक रूपान्तरण गर्ने जस्तो अत्यन्त सम्मानजनक काम गरेकोमा आफू र महानगरको तर्फबाट धन्यवाद व्यक्त गरिन्।

वन विज्ञान क्याम्पस प्रमुख नारायण प्रसाद शर्माले खेलकुद कार्यक्रमले शरीरलाई बलियो मात्र बनाउने नभई मनलाई दरिलो बनाउनुका साथै साथी समूह र समुदाय बिचमा बन्धुत्वको भावनाको विकास गराएको प्रतिक्रिया दिए। उनले पोखरा महानगर भित्र वडा नं १५ सामुदायिक कार्यमा उत्कृष्ट वडा रहेको भन्दै वन विज्ञान अध्यन संस्थान यहाँका विद्यार्थी भाइ बैनीको शैक्षिक कार्यकमका लागि सहकार्य गर्न तयार रहेको पनि बताए।
यस्तै, वडा अध्यक्ष तोरण बानियाँले खेलकुदप्रति वडावासी नागरिकले देखाएको उत्साह, माया र सहयोगले नै चौथो संस्करण पनि सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताए। उनले खेलकुदको माध्यमबाट नागरिकको सर्वाङ्गीण विकास गर्न र खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धा मात्र नभई शारीरिक मानसिक र स्वास्थ्य सुधार सँगसँगै समाजलाई रूपान्तरण गर्न सकिने भन्दै यस्ता खेल कार्यक्रम निरन्तर चलिरहनुपर्ने धारणा व्यक्त गरे। बानियाँले स्थानीय खेलकुद परम्परालाई जीवित राख्नु पर्ने र खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादन भएका वस्तुलाई व्यवस्थित र प्रोत्साहित गर्दै आर्थिक गतिविधिको सृजना गरी राष्ट्रिय गौरवको अनुभूति गराउने अपेक्षा लिएको बताए।

महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीले खेलकुद महोत्सवले खेलकुद मात्र नभई वडाको सामाजिक एकता, सहकार्य र आपसी भाइचारा प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुका साथै आगामी दिनहरूमा पनि वडावासीहरूको यस्तै सक्रिय सहभागिता र साथको अपेक्षा लिएको बताए।
खेल महोत्सवको पाँचै दिन हरियो खर्क अस्पताल (आइएनएफ) ले स्वास्थ्य शिविर संचालन गरी निशुल्क सुगर परीक्षण र प्रेसर चेकजाँचको व्यवस्था मिलाइएको थियो ।
वडा अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा महोत्सव संयोजक आशिष भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा पूर्व जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायत वडा नं १५ का कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सम्बन्धित खबर
पोखरा १५ को चौथो बृहत् खेलकुद महोत्सव सम्पन्न, फुटबलमा सानिमजुवा बन्यो च्याम्पियन
खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार: प्रदेश प्रमुख भट्ट
आजदेखि टाइगर कप भलिबल, दुई विदेशीसहित ११ टोली सहभागी
अर्जुनचौपारीमा सेभेन–ए–साइड खुला पुरुष फुटबल प्रतियोगिता हुने
कालीगण्डकीको दमदार जितसँगै प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्डको सुरुवात
स्याङ्जामा ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग रनिङ शिल्ड आजदेखि
यो पनि पढौँ
संघीयताको कुहिरोमा हराएको स्थानीय सेवा
यी हुन् एमालेका उम्मेदवार : देशभर को- कहाँ ? (सूचीसहित)
मनाङमा चिठ्ठा थुतेर कांग्रेस-एमालेले भाग लगाए संघ र प्रदेशमा उम्मेदवारी
गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?