स्याङ्जाको वालिङमा बुधबारदेखि नवौं चरणको वालिङ महोत्सव सुरु हुँदैछ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सव ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको हो ।
गण्डकी प्रदेशस्तरीय यो महोत्सवले स्थानीय उत्पादन, व्यापार र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए । वालिङ खेलमैदानमा आयोजना हुने महोत्सवका लागि झण्डै चार सय वटा स्टल निर्माण गरिएको छ ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा, औद्योगिक र व्यापारिक क्षेत्रका विभिन्न स्टल रहनेछन् । कृषि, कृषि औजार र हस्तकलासँग सम्बन्धित ४० भन्दा बढी स्टल निःशुल्क व्यवस्था गरिएको छ भने स्थानीय व्यापारीलाई ३० प्रतिशतसम्म छुट दिइएको संघकी वरिष्ठ उपाध्यक्ष अनुपमा ढुङ्गानाले बताइन् ।
महोत्सवबाट एक करोड ६८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । महोत्सवमा कुल खर्च एक करोड १४ लाख ५१ हजार रहने र करिब ५३ लाख ४९ हजार रुपैयाँ बचत हुने अपेक्षा गरिएको संघका सचिव तथा प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनालले बताए । महोत्सव अवधिभर १० करोड रुपैयाँ बराबरको अल्पकालीन कारोबार र करिब तीन लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।
महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट महोत्सवमध्ये एक मानिने वालिङ महोत्सव माघ २५ गतेसम्म, कुल १२ दिन सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा