स्याङ्जाको बिरुवा गाउँपालिका–२ झागडीमा प्रहरीले विशेष सर्च अप्रेसनका क्रममा अवैध भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतिनिधि सभा निर्वाचन २०८२ को सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरुवा अर्चलेबाट खटिएको संयुक्त टोलीले लुकाइछिपाइ राखिएको अवस्थामा स्थानीय ६६ वर्षीय रोमबहादुर राना र ६९ वर्षीय वीरबहादुर थापालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रानाले घर नजिकै सामुदायिक जङ्गलको ओडारमा लुकाइराखेको फलामको गजसहितका दुई थान एकनाले भरुवा बन्दुक, ४८० ग्राम बारूद, १३५ थान छर्रा, फलामका चिम्टा, छुच्ची, सोडा, डेटोनेटर, सेफ्टी फ्युज, गन्धक, प्लास्टिक एक्सप्लोसिभ किरकी, गोली तथा खोका, केप र बाघको दाह्राजस्तै देखिने एक थान नुकिलो वस्तु बरामद गरिएको छ ।
यस्तै, थापाको घर नजिकै झाडीबाट फलामको गजसहित एक थान एकनाले भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक प्रसान्तराज चौधरीले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई बरामद हतियार र सामग्रीसहित आवश्यक अनुसन्धानका लागि हिरासतमा राखी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा