मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली साँझदेखि बाहिरिएको छ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि बुधबारदेखि मौसम खुल्ने बताए।
उनले चिसो भने केही दिन रहन सक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए। उक्त प्रणालीले बुधबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको छ। विशेष गरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन।
उक्त प्रणालीले काठमाडौंमा २.२, ललितपुर ४.८ र भक्तपुरमा समान ४.८ मिलिमिटर वर्षा गराएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ।
रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुराम ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ। नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ। बागमती प्रदेशसहित पश्चिमका अधिकांश जिल्लामा मंगलबार वर्षा भएको र ती जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि गरायो।
बुधबार राति देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
बिहीबार तराई भू-भागका धेरै स्थानमा हुस्सु/कुहिरो रहने, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको हुनसक्ने जनाइएको छ।
सम्बन्धित खबर
गण्डकी, कोशी र बागमतीमा सोमबार र मंगलबार भारी वर्षाको सम्भावना
काठमाडौँसहित देशभर मनसुनी वायुको असर: कुन-कुन क्षेत्रमा छ पानी पर्ने सम्भावना?
दुई दिन अतिभारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
देशभर मनसुन सक्रिय हुँदै: कोशीमा भारी वर्षा र तराईमा हुरीको सम्भावना
आगामी ४–५ दिनभित्र देशभर मनसुन फैलिने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
मनसुन कोशीबाट भित्रियो, गण्डकी र लुम्बिनीसम्म फैलियो
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा