लेखनाथ । स्याङ्जा जिल्लाको प्रतिनिधित्व गर्ने होराइजन क्लब वालिङ्गले २६ औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि जित्दै आफ्नो फुटबल इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेको छ। शनिबार लेखनाथमा सम्पन्न फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको सशक्त टोलीलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
निर्धारित समयको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। होराइजनका जर्सी नम्बर ९ का स्ट्राइकर बसन्तबहादुर रानाले खेलको ६१ औँ मिनेटमा उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि गण्डकी प्रदेश प्रहरीका जर्सी नम्बर ४४ का मिडफिल्डर रोजल दाहालले अतिरिक्त समयको ९२ औँ मिनेटमा बराबरी गोल गर्दै खेललाई थप रोमाञ्चक बनाएका थिए ।
अतिरिक्त १० मिनेटमा पनि कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा होराइजन क्लब वालिङ्गका खेलाडीहरूले धैर्य, संयम र आत्मविश्वास प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखाए।
उपाधिसँगै च्याम्पियन होराइजन क्लब वालिङ्गले नगद रु. ४ लाख ९९ हजार ९९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको गण्डकी प्रदेश प्रहरीको टोलीले रु. ३ लाख ३३ हजार ३३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस अघि आदर्श युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षता तथा सचिव सन्तोष गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो। समारोहका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले भण्डारढिकस्थित कभर्ड हल निर्माणका लागि बजेट विनियोजन भइसके पनि कार्यान्वयन नहुनु दुखद विषय भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
उत्कृष्ट खेलाडी तथा विधागत पुरस्कार
समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई पुरस्कार प्रदान गरिएको थियो। गण्डकी प्रदेश प्रहरीका जर्सी नम्बर ४४ का रोजल दाहाल उत्कृष्ट खेलाडी घोषित भए भने होराइजन क्लबका सुन्दर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बन्न सफल भए।
यस्तै, उत्कृष्ट गोलरक्षक होराइजनका टोपबहादुर राना, उत्कृष्ट डिफेन्स होराइजनकै सन्दीप श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर तथा प्लेमेकर गण्डकी प्रदेश प्रहरीका सुशील लामा घोषित भए। फेयर प्ले टिमको उपाधि तनहुँ जिल्ला फुटबल विकास समिति (एन्फा तनहुँ) ले प्राप्त गरेको छ।
विधागत पुरस्कार फस्ट चोइस फुड प्रा.लि.का प्रतिनिधि तथा मार्केटिङ म्यानेजर रमेश घिमिरे, क्लबका सल्लाहकार तथा प्रायोजक छत्रधर आत्रेय, पूर्व अध्यक्षहरू विजय गुरुङ र विशाल श्रेष्ठ, संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, सल्लाहकार मेजर रामप्रसाद गुरुङ तथा स्थानीय यातायात व्यवसायी केदार पौडेल लगायतका अतिथिहरूले वितरण गरेका थिए ।
२६ औँ संस्करणसम्म आइपुग्दा आदर्श कप गण्डकी प्रदेशकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा स्थापित हुँदै गएको छ। प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान, युवा खेलाडीको विकास र क्षेत्रीय फुटबलको स्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको आयोजकको भनाइ छ।
सम्बन्धित खबर
टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल खेल्ने
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो