स्याङ्जाको वालिङ नगरपालिका–८ जैसिपंधेरास्थित होटल रोयल अगाडि सिद्धार्थ राजमार्गमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किएपछि कुटपिटको अवस्था सिर्जना हुँदा तीन जना घाइते भएका छन् ।
गएराति करिब १२:१० बजे वालिङबाट बयरघारीतर्फ जाँदै गरेको ग १४ प ९४५० नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको लु ६८ प ५३४२ नम्बरको मोटरसाइकल ठोक्किएपछि दुबै पक्षबीच झगडा भएको थियो । झगडाका क्रममा केही व्यक्ति घाइते भएपछि उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ ल्याइएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा वालिङ नगरपालिका–८ का ३० वर्षीय अजिम खान रहेका छन् । उनको निधारमा चोट लागेको भए पनि सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । यस्तै, भीरकोट नगरपालिका–१ का ३२ वर्षीय अनुप श्रेष्ठको निधार र टाउकोमा चोट लागेपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । भीरकोट नगरपालिका–१ कै ४० वर्षीय राम सेन ठकुरीको मुखमा चोट लागेको र उनलाई पनि पोखरा रिफर गरी गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, कुटपिटमा संलग्न रहेको आरोपमा भीरकोट नगरपालिका–२ का २४ वर्षीय चन्दन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
दुर्घटनाको कारण र कुटपिट घटनासम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो