स्याङ्जाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोला स्थित सिद्धार्थ राजमार्गमा रातिको समयमा स्कूटरमा सवार एक दम्पतीमाथि कुटपिट भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार गए राति करिब १० बजे ग २४ प ५१०१ नम्बरको स्कूटरमा सवार पुतलीबजार–११ निवासी ४० वर्षीय पृथ्वीराज अर्याल र उनकी श्रीमती ४० वर्षीया संजिता नेपाल अर्याललाई बाटोमै रोकी कुटपिट गरिएको थियो । कुटपिटबाट दुवै जना घाइते भएका थिए भने घटनापछि आक्रमणकारी फरार भएका थिए ।
घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले तत्काल खोजतलास सुरु गरेको थियो । सोही क्रममा घटनामा संलग्न व्यक्तिहरूलाई माघ २४ गते नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
पक्राउ पर्नेमा पुतलीबजार–१० सुम्रेखोला ओडारे बस्ने २८ वर्षीय ‘हाकु काले’ भनिने विनोद बहादुर अर्याल, ३० वर्षीय प्रविन राना, आरुपाटा बस्ने २५ वर्षीय रोहित गुरुङ, २७ वर्षीय अनुप राना तथा कान्छीबजार बस्ने २३ वर्षीय चेतनाथ अधिकारी (महेश) रहेका छन् ।
प्रहरीले घटनास्थलबाट उनीहरूले प्रयोग गरेको ग ५ प १९१ र ग १० प ४७१३ नम्बरका दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चौधरीले बताए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु