पोखरा । प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा मावि र मदरल्याण्ड सेकेण्डरी स्कूल खेल्ने भएका छन् ।
प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतिोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर मावि र मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । प्रतियोगिताको उपाधि भिडन्त आईतबार पूर्वाह्न १० बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो सेमीफाइनल खेलमा मदरल्याण्ड सेकेण्डरीले छोरेपाटन माविलाई २ विकेटले पराजित गर्दै फाईनल यात्रा सुरक्षित गर्यो । टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको छोरेपाटन माविले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतीमा ९५ रनको योगफल तयार गर्यो ।
छोरेपाटन माविका लागि सोहन आचार्यले ३२ बलमा ३१ रन, उज्वल पौडेलले ३८ बलमा २१ र अनिष थापाले १२ बलमा १३ रनको योगदान दिए । छोरेपाटनलाई दवाबमा राख्न मदरल्याण्डका सद्रीस पौडेलले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट, भुवनबहादुर भण्डारीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट तथा गौरव भण्डारीले ३ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।
९६ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्डले १९.२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै फाइनल यात्रा सुनिश्चित गर्यो । मदरल्याण्डका लागि विलोभ मल्लले २६ बलमा १६ रन, भुवनबहादुर भण्डारीले १४ बलमा १४ रन र अनुराज भण्डारीले १६ बलमा ११ रनको योगदान दिए । छोरेपाटनका किस्मत पौडेलले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट, समर्पण लामिछानेले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट तथा अनिष थापाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।
खेलमा बिजयी विद्यालय मदरल्याण्डका सद्रीष पौडेल प्लेयर अफ द म्याच घोषित भए ।
शनिबार नै भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक प्रतिभा माविले बाल मन्दिर माविलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो । बाल मन्दिरले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि पहिले व्याटिङ गरेको प्रतिभाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रनको विशाल योगफल तयार गर्यो । विशाल योगफल तयार गर्न प्रतिभाका खेलाडीहरु सफल श्रेष्ठले ४५ बलमा ५७ रनको अर्धसतकीय पारी खेले । त्यस्तै, मिसन विकले २३ बलमा २५ रन, सौगात लामिछानेले ४ बलमा १५ रनको योगदान दिए । प्रतिभालाई दवाबमा राख्ने क्रममा बाल मन्दिरका राम ढुंगानाले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट, ४ ओभर नै बलिङ गरेका सुमन अधिकारीले १ मेडनसहित ३२ रन खर्चेर २ विकेट र अभिषेक क्षेत्रीले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर १ विकेट लिए ।
१६० रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको बाल मन्दिर मावि २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर केवल ८८ रनमा समेटिएपछि सेमीफाइनलबाटै प्रतियोगिताबाट बाहिरियो । बाल मन्दिरका लागि सुरज अधिकारीले २२ बलमा २० रन, सुमन अधिकारीले २८ बलमा १७ रन र श्रीनिवास कठायतले ३० बल सामना गर्दै १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रतिभा माविका बलरहरु सफल श्रेष्ठले ३ ओभर बलिङ गर्दै १६ रन खर्चेर ५ विकेट, पुरन गुरुङले १ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट तथा निश्चल दाहालले ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिदै बाल मन्दिरको व्याटिङ अर्डर ध्वस्त पारेका थिए ।
खेलमा प्रतिभा माविका लागि ५७ रन बनाउनुका साथै ५ विकेट लिएका सफल श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए ।
सम्बन्धित खबर
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट
हेमजामा आलु महोत्सव सुरु, पोखरालाई ब्रान्डिङ गर्न सघाउने अपेक्षा
पोखरामा पहिलोपटक ‘फ्लेयर मास्टर च्याम्पियनसिप’ चैत २७ गते
मधेशी आयोगद्वारा गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष प्रतिवेदन पेस
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?