पोखरा । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
हिमश्री फुड्स प्रालिको प्रमुख प्रायोजनमा यही माघ २७ देखि आगामी फागुन ९ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आभ्या क्लवमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार २५औँ संस्करणको सो प्रतियोगितामा विदेशका तीन र नेपालका आठ गरी १२ टोलीले उपाधिका लागि प्रस्पिर्धा गर्नेछन्। अध्यक्ष थापाले प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको जनाउँदै च्याम्पियन टोलीले १४ लाख एक हजार, उपविजेताले सात लाख एक हजार पाउने बताए।
गत वर्ष उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। ‘प्रतियोगिताको आकर्षण बढाउने उद्देश्यले यसवर्ष विगतको तुलनामा पुरस्कार बढाएका छौँ भने रात्रिकालीन फुटबलले यहाँको फुटबल माहोल बढाउने विश्वास छ,’ उनले भने।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजारका साथमा ट्रफी पुरस्कार पाउने सहाराले जनाएको छ। यसैगरी हरेक म्याचमा ‘मेन अफ दि म्याच’ पुरस्कार १० हजार र ट्रफी रहेको छ।
प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब र आयोजक टोली सहारा क्लब पोखरा रहेका छन्।
यसै गरी विदेशी टिमका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब सहभागी हुनेछन्। आयोजक सहाराले यस वर्ष अस्थायी फ्लड लाइट जडान गरेर रात्रिकालीन समयमा खेल सञ्चालन गर्ने जनाएको छ।
क्लबका अध्यक्ष थापाले ३५ फिट उचाइको अस्थायी फ्लडलाइट जडान गरी सन्ध्याकालीन खेल सञ्चालन गरिने जानकारी दिए। पत्रकार सम्मेलनमा सहारा युकेका अध्यक्ष शारदा गुरुङले ‘म्यान अफ दी म्याच’ ट्रफी क्लब अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरे ।
हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसीले स्व.सूर्य बहादुर केसीले आहा ! रारा गोल्डकपसँग जोडेको सम्बन्धलाई निरन्तरता दिँदै खेलकुदसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए ।
अर्का निर्देशक किरण केसीले आहा ! रारा पोखरा गोल्डकपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका रूपमा स्थापित गर्न सहकार्य जारी रहने स्पष्ट पारे ।
पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पोखरामा फुटबल विकासमा सहारा क्लबले उदाहरणीय भूमिका खेलेको भन्दै वडाले प्रतियोगितालाई विशेष सहयोग गर्दै आएको बताए । यस अवसरमा आहा ! रारा पोखरा गोल्डकपलाई २५ औँ संस्करणसम्म ल्याउन योगदान पु¥याउने २५ जना व्यक्ति तथा संस्थालाई विभिन्न विधामा सम्मान गरिने भएको छ ।
सम्मानित हुनेहरुमा हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश के.सी., किरण के.सी., रोशन के.सी., सहारा क्लवका पूर्व अध्यक्ष विक्रम थापा, खेल पत्रकार अजय फुयाल, प्रकाश तिमिल्सिना, संचारकर्मी दिपेन्द्र श्रेष्ठ, गोर्खा मिडियाका मिलन तमु, दिलिप राई, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, समाजसेवी हरिकुमार श्रेष्ठ, प्रकाश शेरचन, खेम बहादुर गुरुङ, टिका बहादुर कार्की, सुनिल कुमार गुरुङ, फेवा सिटी हस्पिटल, देव गुरुङ, पोखरा महानगरपालिका, स्व. हेम बहादुर गुरुङ, स्व. राजमान थकाली, दिपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल रहेका छन् । पोखरा रंगशालामा अस्थायी फ्लड लाइट समेत जडान गर्न सुरु गरिएको क्लबले जनाएको छ ।
सम्बन्धित खबर
काठमाडौँ– २ र ९ लाई प्राथमिकतामा राख्दै आशिकाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै बन्यो ‘पोखरा सेन्ट्रल ओयसिस’
पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै
प्रधानमन्त्री ओली पोखरामा भोलि
अब विकट छैन बागलुङकाे ‘बोबाङ गाउँ’
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण