पोखरामा शनिबार सम्पन्न भएको २०औँ संस्करणको सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले जितेका छन् ।
नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट सुरु भएको ४२.१९५ किलोमिटरको म्याराथनमा धावक वाहोमेले निर्धारित दूरी २ घण्टा २३ मिनेट ३९ सेकेन्डमा पार गर्दै च्याम्पियन बने । उपाधि विजेता जुलियसले चार लाखसहित मेडल पुरस्कार पाए ।
यसैगरी, प्रतियोगितामा गजेन्द्र राईले २ घण्टा २४ मिनेट ४७ सेकेन्डमा दूरी पार गर्दै द्वितीय बने । उनले रु दुई लाख र मेडल पुरस्कार पाएका छन् । धादिङका हरिकुमार रिमालले २ घण्टा २७ मिनेट १८ सेकेन्डमा दूरी पार गरी तृतीय बने र नगद रु एक लाखसहित मेडल प्राप्त गरे ।
म्याराथनको नेपाल विधामा गजेन्द्र राई प्रथम भए । उनले नगद रु एक लाख र मेडल प्राप्त गरे । सो स्पर्धामा हरिकुमार रिमालले दोस्रो हुँदै रु ५० हजार र करण रावलले तेस्रो स्थान प्राप्त गर्दै रु २५ हजारसहित मेडल जिते । प्रतियोगिताअन्तर्गत गण्डकी ‘क्याटगोरी’मा पर्वतका सुवास गुरुङ प्रथम, गोरखाका निरोज भट्ट दोस्रो र स्याङ्जाका धनु मानन्धर तेस्रो भए । सो स्पर्धामा प्रथम हुने गुरुङले रु ५० हजार, दोस्रो हुनेले रु ३० हजार र तेस्रो हुने रु २० हजार पुरस्कार पाए ।
प्रतियोगिताअन्तर्गत ४५ वर्षमाथिको भेट्रान म्याराथनमा रैवतबहादुर दाहाल प्रथम, सुशीलकुमार श्रेष्ठ दोस्रो र चेतनाथ चालिसे तेस्रो भए । यस स्पर्धामा प्रथम हुने दाहालले रु २५ हजार, दोस्रो हुने श्रेष्ठले रु १५ हजार र तेस्रो हुने चालिसेले रु १० हजारसहित मेडल प्राप्त गरे ।
यसैगरी, २१ किलोमिटरको ‘हाफ म्याराथन’ प्रतियोगिताको पुरुषतर्फ सञ्जय श्रेष्ठ प्रथम, नगेन्द्रसिंह राउत दोस्रो र गौतम श्रेष्ठ तृतीय भए । हाफ म्याराथनको महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम, निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तृतीय भए । हाफ म्याराथनको पुरुष तथा महिला दुबैतर्फ प्रथम हुनेले रु ७५ हजार, दोस्रो हुनेले रु ५० हजार तेस्रो हुनेले रु ३० हजार प्राप्त गरे ।
यसैगरी, २१ किलोमिटर हाफ म्याराथनकै ४५ वर्षमाथिको भेट्रान पुरुष दौडमा धर्म महर्जन प्रथम, तेजबहादुर गुरुङ दोस्रो र कमल गुरुङ तेस्रो भए । यस स्पर्धामा प्रथम हुने महर्जनले २० हजार, दोस्रो हुने गुरुङले १५ हजार र तेस्रो हुने कमल गुरुङले १० हजार नगदसहित मेडल प्राप्त गरे ।
यसैगरी, १० किलोमिटर दौड पुरुषमा नागेश्वर अहिर प्रथम, उमेश विष्ट दोस्रो र महेन्द्रबहादुर बोगटी तेस्रो भइन् । यस स्पर्धाको महिलातर्फ दीपा परियार प्रथम, सुमित्रा कुमारी चौधरी दोस्रो र नारायणी भण्डारी तृतीय भइन् ।
यस स्पर्धाको पुरुष तथा महिला दुबैतर्फ प्रथम हुनेले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजारसहित मेडल प्राप्त गरे । प्रतियोगिताका विजेतालाई आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाट, पूर्वअध्यक्ष तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरे ।
म्याराथनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । मञ्चका सचिव महेश पौडेलले प्रतियोगितात्मक रुपमा तीन हजार ६०१ र ‘रन फर फन’मा ६ हजार ५०० गरेर कुल १० हजार जना दौडिएका जानकारी दिनुभयो ।
वर्षको एक दिन यस प्रतियोगितालाई सहरकै उत्सवका रुपमा मनाउने योजनाअनुसार विश्व परिवेशमा चर्चित सहरको नाममा योजना गरिने सिटी म्याराथनको अवधारणाअनुसार म्याराथन आयोजना हुँदै अएको छ ।
सम्बन्धित खबर
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
सहज सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छः प्रदेश प्रमुख भट्ट
पोखरामा अल–न्यू JAECOO J6T को भव्य आगमन: WADA अटो शोमा सार्वजनिक
वाडा अटो शोमा बराल ग्रुपद्वारा आकर्षक अफरका साथ विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन प्रदर्शन
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पोखरा-काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले बढ्यो