पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन १० गते पोखरामा गर्ने भनेको सभा अचानक स्थगित गरेको छ ।
भेलामा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहसहित प्रदेश अन्तर्गत जिल्लाका रास्वपाका ऊमेदवारले सम्बोधन गर्ने कार्यक्रमको तयारी थियो ।
शुक्रबार केन्द्रीय समितिका उपसभापति डोलप्रसाद अर्यालले परिवर्तन उद्घोष कार्यक्रम स्थगित गरिएको जानकारी पत्र पठाएका छन् । केन्द्रबाट पठाइएको पत्रमा ‘संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापनलगायतका विशेष कारण ऊक्त कार्यत्रम हालका लागि स्थगित गर्ने निर्णय गरिएको’ उल्लेख छ ।

रास्वपाको शुक्रबार दाङमा चुनावी सभा जारी छ । भैरहवामा शनिबार तयारी गरिएको चुनावी सभा पनि अचानक स्थगित भएको छ ।
दुवै नेताको स्वागतका लागि बसेका रास्वपा कार्यकर्ताले बिहीबार राति दाङमा एमालेको चुनाव चिन्ह सूर्य अंकित झण्डा जलाएका थिए । एमालेले त्यसको केन्द्रदेखि जिल्लासम्म कडा प्रतिवाद गरिरहेको छ । त्यसको असर रूपन्देही सभामा देखिनसक्ने जोखिम भएकाले केन्द्रदेखि नै सभा स्थगितको निर्णय भएको स्थानीय एक नेताले बताए ।
रास्वपाले लुम्बिनी प्रदेशको दाङको सभालाई शुक्रबार सम्बोधन गरेर रास्वपाका सभापति लामिछाने र वरिष्ठ नेता शाह भैरहवाको सभालाई सम्बोधन गर्न आइपुग्ने तालिका बनाएको थियो । तर, वरिष्ठ नेता शाह अस्वस्थ भएको भन्दै बिहीबार सुर्खेतको सभाबाटै काठमाडौं फर्किएका छन् ।
दुवै नेताले आफ्ना उमेदवार बिजयी गराउने आन्तरिक प्रयाससँगै सामूहिक सन्देश दिनका लागि पनि भैरहवा, पोखरामासभा आयोजना गरिएको भए पनि अन्तिम समयमा अस्वभाविक तरिकाले सभा स्थगित गरिएको रास्वपाले जनाएको छ ।
सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्यः प्रदेश प्रमुख भट्ट
हेमजामा आलु महोत्सव सुरु, पोखरालाई ब्रान्डिङ गर्न सघाउने अपेक्षा
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?