स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

bebarise awasthama fela bnw

स्याङ्जाको पुतलीबजार नगरपालिकामा बेवारिसे अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार साँझ पुतलीबजार–१४ लामागेमा अन्दाजी ५५ वर्षीय ‘गुरुङ बुढा’ भनेर चिनिने पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

सूचना लगत्तै खटिएको प्रहरी टोलीले ती पुरुषलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । उनका अनुसार अस्पताल पुर्‍याएपछि चिकित्सकले राति उपचाररत ती पुरुषलाई मृत घोषणा गरेका थिए ।

हाल मृतकको शव प्रदेश अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । मृतकको स्थायी ठेगाना खुल्न नसकेको र आफन्तको पहिचान नभएकाले चिन्नुहुने व्यक्ति वा परिवारका सदस्यलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ