पोखरा । इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रा.लि.ले फेवा डुंगा व्यवसायी संगठन र वडा प्रहरी कार्यालय बैदामलाई लाइफ ज्याकेट प्रदान गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई संस्थालाई गरी २ सय वटा लाइफ ज्याकेट वितरण गरेको हो । मंगलबार पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार बाराहीघाटमा आयोजित कार्यक्रममा ज्याकेट प्रदान गरिएको हो ।
भायानेटका वित्त प्रमुख अरुण कार्कीले फेवा डुंगा व्यवसायी संगठनका कार्यवाहाक अध्यक्ष रुद्र भुजेल र वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक शिशीर भट्टराईलाई ज्याकेट हस्तान्तरण गरेका हुन् ।
संस्थाले फेवा डुंगा व्यवसायी संगठनलाई १ सय ८५ र वडा प्रहरी कार्यालय बैदामलाई १५ वटा लाइफ ज्याकेट दिएको हो । कार्यक्रममा भायानेटका वित्त प्रमुख अरुण कार्कीले फेवातालमा डुंगा सयर गर्ने यात्रुको जीवन रक्षाको लागि लाइफ ज्याकेट प्रदान गरिएको बताए ।
कार्यक्रममा भायानेटका पोखरा शाखा प्रमुख दिपेश सिग्देलले सामाजिक उत्तरदायित्व अन्तर्गत फेवा डुंगा व्यवसायीलाई सहयोग गरेको बताउँदै आगामी दिनमा पनि अन्य सामाजिक संघ संस्थालाई पनि सहयोग गरिने बताए ।
फेवा डुंगा व्यवसायी संगठनका सचिव शिवरुद्र जिसीले फेवातालमा करिब ८ सय डुंगा सञ्चालनमा रहेको र डुंगामा यात्रा गर्दा लाइफ ज्याकेट अनिवार्य गरिएको बताए ।
भायानेटले उपलब्ध गराएको लाइफ ज्याकेटलाई सदुपयोग गरिने बताए । कार्यक्रममा उपस्थिति अतिथि लगायतलाई भायानेटको लाइफ ज्याकेट लगाएर फेवातालमा डुंगा सयर गराउँदै बाराही मन्दिर परिक्रमा गराइएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन