स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

Counting of votes continues in Syangja 1

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. धनञ्जय रेग्मीले अग्रता कायम राखेका छन् ।

हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार रेग्मीले ४ हजार ९४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले ४ हजार ३७३ मत ल्याएका छन् । यससँगै रेग्मी र ढकालबीच ५७४ मतको अन्तर देखिएको छ ।

त्यसैगरी, नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङले ३ हजार ७८७ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म हरिनास गाउँपालिकाका ७ वटा वडा र अर्जुनचौपारी गाउँपालिकाका ६ वटा वडाको मतगणना सकिएको छ । यी क्षेत्रबाट जम्मा १४ हजार ८३८ मत गणना हुँदा ७४० मत बदर भएको जनाइएको छ ।

हिजो सम्पन्न मतदानमा यस क्षेत्रमा कुल १ लाख ३१ हजार ५१ मतदाता रहेकोमा ७१ हजार ३५० मत खसेको थियो । शुक्रबार राति दुई बजेदेखि सुरु गरिएको मतगणना कार्य अझै जारी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ