पोखरा । रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत खसेको छ ।
कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा ‘क्लिन स्विप’ गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति मतदाताले प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ अझ बढी मत दिएका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम अनुसार कास्कीमा रास्वपाका उम्मेदवारहरूले पाएको कुल मतभन्दा पार्टीको चुनाव चिह्न ‘घण्टी’ मा खसेको मत ४ हजार ८४ ले बढी छ ।
प्रदेश निर्वाचन कार्यालय पोखराले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार कास्कीका तीनवटै क्षेत्रमा गरी रास्वपाले समानुपातिकतर्फ १ लाख १३ हजार ६ सय २८ मत प्राप्त गरेको छ । जबकि प्रत्यक्षतर्फ सोही पार्टीका तीन विजयी उम्मेदवारले १ लाख ९ हजार ५ सय ४४ मत मात्रै बटुलेका थिए ।
कास्कीमा रास्वपाले समानुपातिकतर्फ पहिलो स्थान सुरक्षित गर्दा नेपाली कांग्रेस २८ हजार ६ सय ५६ मतसहित दोस्रो र नेकपा एमाले २४ हजार १९९ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका प्रत्यक्ष उम्मेदवार खडकराज पौडेल ३९ हजार ८८३ मत ल्याएर विजयी भएका छन् । तर, सोही क्षेत्रमा पार्टीले समानुपातिकतर्फ ४१ हजार ३ सय ५६ मत प्राप्त गरेको छ । यहाँ प्रत्यक्षको तुलनामा समानुपातिकमा १ हजार ४७३ मत बढी खसेको छ ।
यस्तै, क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फका उम्मेदवार उत्तमप्रसाद पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गर्दा समानुपातिकतर्फ पार्टीले ३३ हजार ६ सय ५७ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षभन्दा समानुपातिकमा १ हजार ७ सय ४६ मत बढी छ ।
क्षेत्र नम्बर ३ मा पनि यही प्रवृत्ति दोहोरिएको छ । यहाँ रास्वपा उम्मेदवार बिना गुरुङले ३७ हजार ७ सय ५० मत ल्याएर जित हासिल गर्दा समानुपातिकतर्फ पार्टीको पक्षमा ३८ हजार ६१५ मत खसेको छ । यो प्रत्यक्षको तुलनामा ८६५ मत बढी हो ।
रास्वपाको मत बढिरहँदा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना दलहरूको अवस्था भने रास्वपाको भन्दा ठीक उल्टो देखिएको छ । यी दलका उम्मेदवारले प्रत्यक्षमा जति मत पाए, समानुपातिकमा पार्टीले त्यो भन्दा निकै कम मत पाएका छन् ।
क्षेत्र नम्बर १ मा कांग्रेसका प्रत्यक्ष उम्मेदवार तिलकबहादुर रानाभाटले ११ हजार २ सय १४ मत पाउँदा समानुपातिकमा कांग्रेसले १० हजार ७ सय ७८ मत मात्र पाएको छ । यस्तै अवस्था एमालेको पनि छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?