फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो भएको छ ।
निर्वाचन परिणाम अनुसार स्याङ्जा क्षेत्र नम्बर–१ मा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । घण्टी चुनाव चिह्नमा ३३ हजार ४९९ मत परेको छ, जुन प्रत्यक्षतर्फ पाएको मतभन्दा चार हजार ४२८ बढी हो ।
यसैगरी, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसको रुख चुनाव चिह्नमा १६ हजार ३९९ मत परेको क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । कांग्रेसले प्रत्यक्षतर्फ पाएको मतभन्दा समानुपातिकमा दुई हजार ४५८ मत कम आएको छ ।
त्यसैगरी, नेकपा (एमाले) ले सूर्य चुनाव चिह्नमा १४ हजार ४८५ मत प्राप्त गरेको छ । यो मत पनि प्रत्यक्षतर्फको मतभन्दा दुई हजार ३१९ कम हो ।
अन्य दलतर्फ राप्रपाको हलो चिह्नमा एक हजार ८७३ मत परेको छ भने नेकपाको पाँचकुने तारा चिह्नमा एक हजार ५३१ मत आएको छ । यस क्षेत्रमा समानुपातिकतर्फ ५७ राजनीतिक दल प्रतिस्पर्धामा रहेका थिए ।
क्षेत्र नम्बर–१ मा कुल १ लाख ३२ हजार ७४५ मतदाता रहेकामा ७२ हजार ९९ मत खसेको थियो । तीमध्ये दुई हजार १३१ मत बदर भएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।
यसैगरी, स्याङ्जा क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै अग्रस्थानमा देखिएको छ । घण्टी चुनाव चिह्नमा २९ हजार ५०९ मत परेको छ, जुन यस क्षेत्रमा प्रत्यक्षतर्फ पाएको मतभन्दा चार हजार १५५ बढी हो ।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । रुख चुनाव चिह्नमा १७ हजार ९३१ मत परेको क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए । कांग्रेसले भने प्रत्यक्षतर्फ पाएको मतको तुलनामा समानुपातिकतर्फ झण्डै दुई हजार ८९९ मत कम पाएको देखिएको छ ।
नेकपा (एमाले) ले सूर्य चुनाव चिह्नमा ११ हजार ६ मत पाएको छ । यो संख्या पनि प्रत्यक्षतर्फको मतभन्दा करिब तीन हजार १०२ ले कम हो ।
अन्य दलहरूमध्ये राप्रपाको हलो चिह्नमा एक हजार ३४९ मत परेको छ भने नेकपाको पाँचकुने तारा चिह्नमा एक हजार ४७ मत आएको छ । श्रम संस्कृति पार्टीले पनि एक हजारभन्दा बढी मत पाएको छ, उसले एक हजार ९ मत प्राप्त गरेको छ ।
यस क्षेत्रमा समानुपातिकतर्फ ५७ वटा राजनीतिक दल प्रतिस्पर्धामा थिए । तर गतिशील लोकतान्त्रिक पार्टी, स्वाभिमान पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले भने कुनै पनि मत पाउन सकेनन् ।
क्षेत्र नम्बर–२ मा कुल १ लाख १७ हजार ९३० मतदाता रहेकामा ६५ हजार १३० मत खसेको थियो । तीमध्ये एक हजार ९९९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
स्याङ्जामा प्रत्यक्षतर्फ दुवै क्षेत्र जितेको रास्वपा समानुपातिकतर्फ पनि अग्रता कायम गर्दै जिल्लामा आफ्नो प्रभाव बलियो बनाएको देखिएको छ ।
सम्बन्धित खबर
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो
भूवैज्ञानिकबाट संसदसम्म : स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मीको ऐतिहासिक जित
मतदानको मौकामा लुकेर आएका फरार कसूरदार स्याङ्जामा पक्राउ
स्याङ्जाका दुई क्षेत्रमा १८ उम्मेदवारको जमानत जफत
स्याङ्जामा पाँच हजारभन्दा बढी मत बदर
स्याङ्जा–२ मा रास्वपाका झविलाल डुम्रेको जित
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्यो
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान