पोखराका मेयर धनराज आचार्यले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद् महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगरी व्यवस्थित माध्यमबाट बिक्री-वितरण गर्न अनुरोध गरेका छन्।
कुनै पनि वस्तु बिना दर्ता वा आवश्यक अनुमति बिक्री-वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्ने उल्लेख गर्दै उनले पछिल्ला दिनहरूमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको तथा अनावश्यक सवाल-जवाफसमेत भएको बताएका छन्। यस्तो अवस्था पुनजस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने नभएको उनको भनाइ छ।
मेयर आचार्यले सार्वजनिक ध्यानाकर्षण जारी गर्दै पुनले देशभर घुमेर पुस्तक बिक्री गर्दै अनुसन्धान तथा नवप्रवर्तनका लागि जनसमर्थन जुटाइरहेको अभियान प्रशंसनीय भएको बताएका छन्। उनले पुनको देश र समाजप्रतिको समर्पण, सादगी र पवित्र उद्देश्यप्रति सबैको उच्च सम्मान रहेको उल्लेख गरेका छन्।
उनले पुन पोखरा आउँदा पुस्तक व्यवसायी महासंघमार्फत उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्री-वितरणमा सहयोग गर्न सकिने प्रस्तावसमेत गरेका छन्।
त्यस्तै, पुनले पुस्तकको स्टक उपलब्ध गराएमा महासंघमार्फत बिक्री गरी उचित भुक्तानी उपलब्ध गराउन सकिने पनि उनले बताएका छन्।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा