नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको निधन भएको छ । पार्टीको कास्की जिल्ला संयोजन गर्ने जिम्मेवारीमा रहेका उनको आज हृदयघातका कारण निधन भएको हो ।
कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा बैठक बिहीबार एमाले कास्की जिल्ला पार्टी कार्यालयमा थियो । समीक्षा भइरहेका बेला उनलाई हृदयघात भएको थियो । १० मिनेट सम्बोधन गरेपछि इन्चार्ज थापा हृदयघात भई ढलेको एमाले नेताहरुले बताएका छन् ।
समीक्षा बैठक सकिएर उठ्ने बेलामा असहज भयो भन्दै थापा कुर्सीमा बसेका थिए । त्यसपछि उनी बेहोस भएका थिए । लगत्तै कारमा राखेर ९ मिनेटमै मनिपाल शिक्षण अस्पताल लगिएपनि बचाउन नसकिएको नेताहरुले बताएका छन् ।
थापालाई ब्लड प्रेसर लो सम्बन्धि समस्या रहेको बताइएको छ ।
तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर थापा ०७४ मा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । ०७९ मा उनी पुनः पोखरा महानगरको मेयरमा धनराज आचार्यसँग पराजित भएका थिए ।
यसपल्टको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की-२ बाट उनले अघिल्लो दिन पाएको टिकट भोलिपल्ट खोसिएको थियो । उनको स्थानमा रश्मि आचार्यले टिकट पाएका थिए । त्यसपछि उनले आफूमाथि ठुलो षडयन्त्र भएको गुनासो गरिरहेका थिए । एमालेको गढ मानिने कास्कीमा तीनै क्षेत्रमा क्लिन स्वीप भएपछि एमालेले विहीबार समीक्षा बैठक राखेको थियो ।
थापाको शव अस्पतालमै राखिएको छ । अस्पताल परिसरमा विभिन्न पार्टीका नेता कार्यकर्ता सहित पोखराका उच्चपदस्थ र उनका समर्थक तथा शुभेच्छुकहरू भेला भएका छन् ।
थापा पोखराका पूर्व मेयर पनि हुन् । कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष थापा जेनजी आन्दोलनपछिको एमालेको महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका थिए । त्यसपछि कास्की इञ्चार्जको जिम्मेवारी पाएका थिए ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु