बुबाको हत्या आरोपमा छोरालाई कारागार

बुबाको हत्या आरोपमा छोरालाई कारागार

inside-jell

बुवाको हत्या आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका–७ बाचपुरका एक युवकलाई कारागार चलान गरिएको छ ।

पुतलीबजार–७ बाचपुरका ३६ वर्षीय तोरण कार्कीलाई ७१ वर्षीय बुवा तुलबहादुर कार्कीको हत्या आरोपमा पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार फागुन २ गते राति खाना खाएर आफ्नै कोठामा सुतेका तुलबहादुर कार्की भोलिपल्ट फागुन ३ गते बिहान मृत अवस्थामा फेला परेका थिए । घटनापछि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा मृतकका साइलो छोरा तोरण कार्कीको संलग्नता देखिएपछि उनलाई सोही दिन बाचपुरबाट पक्राउ गरिएको थियो । पक्राउपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धान प्रक्रिया पूरा गरी फागुन २८ गते स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशअनुसार तोरणलाई पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरी निरीक्षक त्रिपाठीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ