पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद–उल–फित्र) को पावन अवसरमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका छन् ।
एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने यो महत्वपूर्ण चाडले नेपालीबीच आपसी एकता, मित्रता, सहयोग एवं सद्भाव बढाउँदै समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना पनि गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ – ‘यस पर्वसँग जोडिएको असल परम्परालाई हामीले संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेछ । विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान हो । यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, त्यस मध्ये ईद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो ।’
अरबी क्यालेण्डरको रमजान महिनाको एक महिने सौम (व्रत) अर्थात् तीस दिने उपवासपछिको रातमा खुर्पेचन्द्रमा देखिएको भोलिपल्ट खुशीयाली साटासाट गर्दै संसारभरका मुस्लिम समुदायले महान चाड ईद–उल–फित्र मनाउने गर्दछन् । पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरीको भोकतिर्खा बिर्सेर, रिसराग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रीयहरूलाई कुकर्मबाट टाढा राखी बाँकी एक वर्षको लागि कठोर अभ्यास पूरा गरेर पविज्ञ जीवनशैली सुरु गर्ने दिनको रुपमा यस दिनलाई लिइन्छ ।
ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आशीर्वचन आदानप्रदान गरिनुका साथै मिष्ठान्न परिकार समेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’