बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका दुई जना अन्ततः २९ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिरुवा गाउँपालिका–४ का ५२ वर्षीय उमाकान्त पोखरेल (हुमबहादुर थापा) र ४६ वर्षीया शारदा देवी पोखरेल रहेका छन् ।
प्रहरीको विशेष अप्रेसन टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनीहरूविरुद्ध २०५३ वैशाख १९ गते बहुविवाह मुद्दा दर्ता भएको थियो । स्याङ्जा जिल्ला अदालतले सो मुद्दामा दोषी ठहर गर्दै दुवै जनालाई दुई/दुई महिना कैद सजाय तोकेको थियो । तर फैसला कार्यान्वयन हुनुअघि नै उनीहरू फरार भएका थिए ।
प्रहरीका अनुसार सजायबाट बच्न दुवैले आफ्नो वास्तविक पहिचान लुकाउँदै लामो समय भारतमा बस्दै आएका थिए । अनुसन्धानका क्रममा उनीहरूको ‘लोकेसन’ पत्ता लगाएर पक्राउ गरिएको डीएसपी चौधरीले बताए ।
पक्राउपछि उनीहरूलाई अदालतमा उपस्थित गराइएको थियो । अदालतले कैद भुक्तानका लागि दुवै जनालाई जिल्ला कारागार स्याङ्जा चलान गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पछिल्लो समय अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार अभियुक्त खोजी अभियान तीव्र बनाएको बताएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !