नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश

नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश

‘राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास हो’

Dilli Raj Bhatta Pradesh Pramukh Gandaki

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास रहेको उल्लेख गर्नुभएको छ ।

नयाँ वर्ष २०८३ साल आगमनको अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु साझा लक्ष्य रहेको बताउनुभयो ।

‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ । त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो ।’ उहाँले भन्नुभएको छ – ‘बितेको वर्षको तितामीठा अनुभवलाई शिक्षाका रुपमा लिँदै नयाँ वर्षमा जोश, उमङ्ग र उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्र पुनर्निमाण, राष्ट्रिय समृद्धि र सुशासनका निम्ति जुट्न सक्नुपर्छ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वाेपरी लक्ष्य रहनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छः ‘यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्न आवश्यक छ । मुलुकलाई अगाडि बढाउन सबै दलहरूका बीचमा सहकार्य र सहमतिको संस्कृति विकास र विस्तार हुनेमा विश्वस्त छु ।’

लोकतन्त्रको उच्चतम अभ्यास गर्न, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्नका लागि निरन्तर प्रयत्नशील रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा मिलोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नभएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ