स्याङ्जाको हरिनास गाउँपालिकामा आजदेखि आठौं वडा स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु हुने भएको छ । गाउँपालिकाको आयोजनामा आजदेखि सुरु हुने प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।
गाउँपालिका खेलकुद विकास समितिको सहयोगमा हुने प्रतियोगितामा पुरुष तथा महिला भलिबल, भेट्रान्स भलिबल तथा ब्याडमिन्टन खेल समावेश गरिएका छन् । प्रतियोगितामा विभिन्न वडाका खेलाडी तथा खेलप्रेमीको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ ।
पुरुष भलिबलतर्फ विजेताले ७० हजार रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रो हुने टोलीले ३५ हजार रुपैयाँ र सान्त्वना हुनेले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबलतर्फ प्रथम हुने टोलीलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, भेट्रान्स भलिबलतर्फ विजेता, उपविजेता, तेस्रो र सान्त्वना हुने टोलीले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष ब्याडमिन्टनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार पाँच सय, ५ हजार र २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
भलिबल प्रतियोगिता गाउँपालिका–४ रोदीखोलास्थित खेलमैदानमा र ब्याडमिन्टन प्रतियोगिता गाउँपालिका–६ क्याम्कीस्थित खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ ।
यस प्रतियोगिताले गाउँपालिकाभित्रका खेलाडीहरूलाई प्रोत्साहन गर्ने र वडा-वडा बिच खेलकुदको सम्बन्ध बढाउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला