पोखरा, ८ कात्तिक । विवेकशील साझा पार्टीले आउँदो १० गते शनिबार पोखरामा गण्डकी प्रदेश संयोजक घोषणा एवं बृहत नागरिक सम्बोधन गर्ने भएको छ ।
पार्टीको संगठन विस्तार कार्यक्रम अन्तर्गत पोखरामा जिल्ला कमिटीको संयोजनमा प्रदेशस्तरीय कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।
तालिका अनुसार कात्तिक ९ गते शुक्रबार संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम हुनेछ भने कात्तिक १० गते शनिबार विवेकशील साझाको गण्डकी प्रदेश संयोजक घोषणा गर्ने कार्यक्रम रहेको छ ।
गण्डकी प्रदेश संयोजक घोषणाका लागि पार्टीले विशेष तयारी गरिरहेको छ । प्रदेश संयोजक घोषणा कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने सचिवालयले जानकारी दिएको छ । घोषणा कार्यक्रममा सबै सर्वसाधारणहरुले सहभागिता जनाउन सकिने बताइएको छ ।
कार्यक्रममा पार्टीका शीर्ष नेताहरु पोखरा आउने जिल्ला सचिवालयका सदस्य सुरेश पहारीले जानकारी दिए । सचिवालयले दिएको जानकारी अनुसार विवेकशील साझाका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापा सहित केन्द्रीय नेताहरु केशव दाहाल, डा. सूर्यराज आचार्य, रञ्जु दर्शना पोखरा आउने कार्यक्रम तय भइसकेको छ ।
कार्यक्रममा संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले विवेकशील साझाको राजनीतिक मूल्य र मान्यताको विषयमा आफ्ना धारणाहरु राख्नेछन् ।
त्यस्तै डा. सूर्यराज आचार्यले विवेकशील साझा पार्टीको राजनीतिक दर्शन र अर्थतन्त्र विषयमा आफ्नो विचार राख्नेछन् । अर्का नेता केशव दाहालले नेपालमा वैकल्पिक राजनीतिको औचित्यको बारेमा प्रकाश पार्नेछन् भने युवा नेतृ रञ्जु दर्शनाले युवा पुस्ता राजनीति र सामाजिक अभियानको विषयमा बोल्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार