गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

Batti-Thapa-Syangja-01

दोस्रो गण्डकी लोकतारा प्रतियोगिताका लागि स्याङ्जाबाट बत्ती थापा छनोट भएकी छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति स्याङ्जाले मंगलबार वालिङमा आयोजना गरेको जिल्ला स्तरीय अडिसनबाट थापा छनोट भएकी हुन् ।

अडिसनमा जिल्लाका विभिन्न स्थानबाट ११ जनाको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा सहभागी अन्य १० जनालाई पछि पार्दै थापाले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा स्थान सुरक्षित गरेकी हुन् ।

प्रतिष्ठान गण्डकी प्रदेशकी महिला सचिव सुनिता नेपालीका अनुसार दोस्रो गण्डकी लोकतारा प्रतियोगिता आगामी जेठ ९ गते पोखरामा आयोजना हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाबाट एक–एक जना सहभागी गराइने तयारी गरिएको छ । मनाङ र मुस्ताङमा प्रतिष्ठानको कार्य समिति गठन नभएकाले ती जिल्लाबाट सहभागिता हुने सम्भावना कम रहेको जनाइएको छ ।

प्रतियोगिताका विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ, तृतीय हुनेले २२ हजार २ सय २२ रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्नेले ११ हजार १ सय ११ रुपैयाँसहित प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

यसपटक प्रतियोगितामा स्थान बनाउन नसक्ने अन्य पाँच प्रतिस्पर्धीलाई समेत नगद पुरस्कार प्रदान गरिने भएको छ । शेरबहादुर गुरुङ र उनकी श्रीमती विष्णुदेवी गुरुङले व्यक्तिगत रूपमा उक्त पुरस्कारको व्यवस्था गरेका हुन् । प्रतियोगितामा सहभागी प्रत्येकलाई ५/५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।

अडिसन कार्यक्रमकै अवसरमा प्रतिष्ठानले २०८३ सालको भित्तेपात्रो सार्वजनिक गर्नुका साथै शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ