पोखरा । कक्षा १२ मा उत्कृष्ट नतिजाका कारण प्रतिष्ठित पोखराको प्रतिभा माविले एसइईमा यस वर्ष अर्को उत्कृष्टता हाँसिल गरेको छ ।
सोमबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८२ मा प्रतिभाबाट ५ जनाले उच्चतम् ४.० जीपीए ल्याउन सफल भएका हुन् ।

३.६ देखि ४.० जिपिएसम्म आउने मात्रै ४७ जना रहेको विद्यालयका प्राचार्य किरण सापकोटाले जानकारी दिए । उच्चतम् ४ जीपीए ल्याउनेमा विकल्प बास्तोला, ग्लोरी राना, लक्षिता राना, प्रशन्न ढकाल र स्वकिार पौडेल रहेका छन् ।
पोखरा पालिखेचोक स्थित प्रतिभा माविले यहाँको उत्कृष्ट विद्यालयको परिचय बनाएको छ । विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले एसइईमा इतिहास कायम गरेकोमा विद्यालयको सफलताप्रति खुसी व्यक्त गर्दै उत्कृष्ट नतिजासहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई एवं सफल र गौरवपूर्ण आगामी शैक्षिक यात्राको शुभकामना दिएका छन् । उनले उत्कृष्ट नतिजाको लागि निकै मेहनतका साथ क्रियाशील विद्यार्थी, शिक्षकशिक्षिका तथा अभिभावकमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।

नतिजा प्रकाशनको भोलिपल्टै विद्यालयले अभिभावकका लागि अभिमुखीकरण एवं बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य सापकोटाले कक्षा ११ र १२ का लागि उत्कृष्ट शैक्षिक गन्तव्य प्रतिभा रहेको बताउँदै विद्यालयमा भर्ना खुल्ला भएको जानकारी दिए ।
सर्वोत्कृष्ट विद्यार्थीको रोजाई प्रतिभा रहने गरेको भन्दै प्राचार्य सापकोटाले पोखरा महानगरपालिकाबाट छात्रवृत्तिका लागि प्रक्रियामा सहभागी हुन र प्रतिभा नै पहिलो रोजाईमा राख्न सुझाव पनि दिए । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।


सम्बन्धित खबर
पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला