पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली लेखक संघ कास्कीको आयोजनामा भएको कार्यक्रममा परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्ति उतारेर इतिहास जिउँदो राखेको बताए ।
उनले सो कृतिमा सात सालको कथा मात्रै नभएर नेपालको राणा शासन वीपी कोइराला र प्रजातान्त्रिक आन्दोलनको शंखघोष गरिएको चर्चा गरे । हिन्दीमा लेखिएको उक्त कृति तुलसी भट्टराईले नेपालीमा अनुवाद गरेपछि कृतिको महिमा गर्विलो बनेको धारणा व्यक्त गरे । उनले उक्त कृति पढ्दा पढ्दै कहीँ खुसी हुने ठाउँ त कहीँ आँशु आउने घटनाहरू संग्रहित भएको बताए ।
कार्यक्रममाथि प्रकाश पार्दै नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल ‘अथक’ले उक्त कृति साहित्य, पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनको त्रिवेणीयुक्त अमर दस्तावेज भएको बताए ।

उनले उक्त कृति यसअघि नै चर्चा गर्ने आफ्नो इच्छा भएपनि अहिले आएर पूरा भएको बताए । उनले अहिले समाज अवसरवादी सोचमा रुमलिएका बेला सच्चा क्रान्तिको कथाले गलत प्रवृति र पात्रहरुलाइ परास्त गर्ने धारणा व्यक्त गरे । संस्थालाई भर्याङ्ग बनाएर मान सम्मान र अवसर खोज्नेहरूले नेपाली साहित्यमा धमिलो छर्केको बेला गर्विलो इतिहास बोकेको कृतिको परिचर्चा गर्न पाउँदा खुसी लागेको बताए ।
सो अवसरमा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले राष्ट्रभावयुक्त अभिनयमूलक प्रस्तुति देखाएका थिए ।
कृति परिचर्चा, गीत, संगीत नृत्य अभिनय र रचना वाचन सहित सिर्जना उत्सव गरी कार्यक्रम सम्पन्न भएको लेखक संघ कास्कीले जानकारी दिएको छ ।

कार्यक्रममा शंकर ज्ञवाली, धर्मराज अल्पायु, कोषाध्यक्ष गायत्री पराजुली, ढुण्डीराज ज्ञवाली, सह सचिव बसन्त चालिसे, लक्ष्मण थापा, मुक्तिप्रसाद रेग्मी, लक्ष्मी थापा, डा. चन्द्रबहादुर गुरुङ, उपाध्यक्ष चन्द्रावती वाग्ले र सचिव रोशन तिमिल्सिना लगायतले गीत, गजल, मुक्तक, कविता वाचन गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा