फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

मृत्यु

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

गुरुङ राति १ बजे नुहाउन जान्छु भनी तालमा पसेका थिए

phewatal rati

पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडाँडा बस्ने २८ का रिवाज गुरुङलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले राति नै उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो ।

गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बुधबार सम्पर्कविहीन भएको र पछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षण गणेश पाण्डेले बताए । “राति १ बजेतिर नुहाउन जान्छु भनी तालमा गएको र बेपत्ता भएको थाहा पाएपछि राति नै उद्धार थालिएको थियो,” पाण्डेले भने, “अचेत अवस्थामा उद्धार गरिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।”

सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिकाबाट खटिएको विशेषज्ञ गोताखोर र उद्धार टोलीले अचेत अवस्थामा बिहीबार बिहान पौने ४ बजे युवाको उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ