तनहुँ । कहिले मेचीका दर्सक श्रोता माझ झुल्किन्छन कहिले महाकाली का दर्सक श्रोतामाझ झुल्किन्छन त कहिले बिश्वका कुनाकाप्चामा पुगेर त्यहा रहेका नेपाली हरुको मन जितिरहेका हुन्छन गायक नविन पौडेल । उनै सदाबहार गायक पौडेल लाई जन्मथलो बगनासकली गापा ८ बराङ्दी पाल्पामा एक भब्य समारोहका बिच विभिन्न संघ सस्थाले नागरिक अभिनन्दन गरेका छन।
अन्तराष्ट्रिय गैर सरकारी सस्था इन्सेक द्वारा गठित बेद युबा समूह, निरन्जन युबा क्लब र बगनासकली सुचना केन्द्र नेपाल को संयुक्त आयोजनामा गायक पौडेल लाई अभिनन्दन गरिएको हो ।

करिब दुई दसक लामो साङ्गीतिक जीवनमा अनबरत रुपमा लागेर आफुलाइ स्थापित गराइसकेका पौडेलले समाजमा घटेका घटना, परिघटना, यथार्थता, सस्कृती एबम पर्यटन प्रबर्द्धनमा गीतसङीत को माध्यम बाट देश बिदेशमा ख्याती कमाइ पाल्पा जिल्ला र समग्र देशको यथार्थता झल्काउनमा अतुलनीय योगदान पुर्याए बापत उनलाइ नागरिक अभिनन्दन गरिएको पाल्पाका इन्सेक प्रतिनिधि यज्ञमुर्ती तिमल्सिना र बेद युबा समूहका अध्यक्ष बरुण बश्यालले बताए ।
उनका गीतमा समाजको यथार्थता पाइने गर्छ…. “चार बजे स्कुल बाट घरमा आइनन भनी बस्नु पर्छ बाउ आमाले औँला गनिगनी- जोगाउनै गाह्रो फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो” यो त प्रतिनिधि गीत मात्र हो उनका यस्ता समाजलाइ चेतना दिने गीतहरु दर्जनौँ छन ।
के सम्झनु छर जान्न मत त्यो घर, हरेक जातजती छौँ नानाथरी, ए हजुर सुन्नुभाछर, सत्य खान्छु कसम, दुखका दिन गए, नया पार्टी खोल्छु, यस्तै हुन्छ भन्नेभा, श्रीनगर बतासे डाडैमा, बुलाकि झुम्काना सम्पुर्ण नेपालिको मन मनमा बस्न सफल भएका गीत हरु हुन।

गीत सङ्गीत को उत्थान र प्रबर्द्धन गर्न विभिन्न सस्थामा रहेर सङ्गीत को श्रीबृद्दिमा अहोरात्र लागि परेका छन उनि। प्रस्तोता नेपालका कार्यकारी सदस्य, अन्तराष्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष एबम रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठन नेपाल का पुर्ब केन्द्रिय सदस्य समेत सहिसकेका पौडेल निकै मृदुभाषी तथा अनुकरण गर्न लायक कलाकार भएको निगरानी समूह पाल्पाका अध्यक्ष पत्रकार भगवान भन्डारी बताउछन ।
स्टेजमा अत्यधिक माग हुने र निकै नै ब्यस्त कलाकार मध्य उनको नाम अग्रपंक्तिमा आउछ। साच्चिकै लोभलाग्दो स्टेज प्रस्तुती प्रस्तुत गर्नमा माहिर पौडेल भर्खरै मात्र युरोप का विभिन्न देशहरुमा धुम मच्चाएर नेपाल फर्किएका छन।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ